Worldlink Communications

नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति का अनुसार दशैको टीका लागाउने साइत ११:०२ बजे

कात्तिक ७,काठमाडौं

आज विजया दशमीको मुख्य दिन नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति का अनुसार दशैको टीका ११:०२ बजे नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै ।

टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः०२ बजेको साइत उत्तम रहेको जनाएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य देवमणि भट्टराईले टीका लगाउनुभन्दा पहिले दुर्गा विसर्जन गर्नुपर्छ । दुर्गा बिसर्जन गर्नका लागि समितिले १० बजेट ३७ मिनेटको साइत तोकिदिएको छ ।

टाढा टाढा जानुपर्ने बाध्यात्मक अवस्थामा रहनु भएकाहरुको लागि बिहान झुल्के घाममै देवी विसर्जन गरेर  टीका प्रसाद लगाउन सकिने बताइएको छ भने पूर्णिमा सम्म मान्यजन को हात बाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्न सकिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्: