Worldlink Communications

श्रीविन्ध्येश्वरी युवाक्लब पोखरा १९  तल्लाकोट ठाँटीको २६ औ वार्षिक साधारणसभा सम्पन्न

कार्तिक ११, पोखरा

श्री विन्ध्येश्वरी युवा क्लब पोखरा १९  तल्ला कोट ठाँटीले २६ औ वार्षिक साधारणसभा एक भव्य कार्यक्रमका विच कोटमौला मन्दिर परिसरमा सम्पन्न गरेको छ ।

कार्यक्रमको अध्यक्षतामा क्लवको अध्यक्ष थमकुमार के.सि ले गर्नु भएको थियो । पोखरा मनपा वडा नं. १९ का जनप्रतिनिधि तथा क्लबका पूर्व अध्यक्ष विकास कुमार आचार्यको प्रमुख आतिथ्यता भएको काार्यक्रम सस्थाका सचिब दिेपेन्द् ढुड्गानाले सन्चालन गर्नुभएको थियो ।

क्लवले २६ औ बसन्त पार गरेको उपलक्ष्यमा संस्थाले रजत जयन्ती मनाऊनको लागि थमकुमार केसीको संयोजकमा १५१ मूल आयोजक समिति गठन गरी विभिन्न उपसमिति गठन गरी विभिन्न उपसमितिहरु पनि गठन गरेको छ ।

आबस्यकता अनुसार सदस्यता थप्न सक्ने गरि गठन गरिएको उपसमितिका संयोजक हरुमा स्मारिका छपाई उपसमितिको संयोजक गोविन्द प्र.आचार्य, सम्पादन मन्डल उपसमिति संयोजक मिनराज ढुड्गाना, खोजतथा अनुसन्धान उपसमितिको संयोजक बिकास कुमार आचार्य, आर्थिक संकलन उपसमितिको संयोजक मान वहादुर के सी, विज्ञापन संकलन उपसमितिको संयोजक भोज वहादुर केसी, खेल उपसमितिको संयोजक नारायण केसी र मन्च व्यवस्थापन उपसमिति संयोजक राजु केसी हुनुहुन्छ ।

क्लवले बिगतका वर्षमा झै यस वर्ष पनि महाशिवरात्रिको अबसरमा विभिन्न खेल प्रर्तियोगिता गर्ने भएको रजतजयन्ती मनाउन लागेको क्लबका अघ्यक्ष थम कुमार केसी ले बताउनुभयो ।

स्थापना कालदेखि नै बिभिन्न कला सास्कृति, चाडपर्व, सामाजिक रितिरिवाज, र साहित्य जस्ता रचनात्मक कार्यक्रम गर्दै आएको वलवले यस वर्ष बिबिघ कार्यक्रम सहित रजत जयन्ती मनाउन लागकोमा वडा सदस्य तथा क्लवका पूर्वका अध्यक्ष बिकास कुमार आचार्य खुसी ब्यक्त गर्नुभयो।

युवाहरुले देस आमुल परिवर्तन गर्नका लागि जोस जागर पैदा गरि स्वदेशमा नै लगानि गर्ने र आफ्नै उत्पादन जोडिनका निम्ति आवाहनगर्दै अगाडि बढ्नु पर्छ भन्नुभयो यस प्रकारका कार्यक्रममा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाऊनु भयो ।

कार्यक्रममा शुभकामना मन्तव्य क्लबका पुर्ब अध्यक्षहरु क्रमश: गोविन्द आचार्य, मिनराज, दुड्गाना ,शिव के.जी, होमनाथ बास्तोला ले बोल्नु भएको कार्यक्रममा स्वागत मन्तब्य क्लबका उपाध्यक्ष राम आचार्य ले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्: