Worldlink Communications

प्रथम लामाचौर कप फुटबल क्वाटरफाईनलको समिकरण पुरा

कार्तिक २१,पोखरा

एल सी ब्रदर्श युनाइटेड पोखरा लामाचौरको आयोजनामा पोखरा १९ गोष्ते घाट फुटबल मैदानमा जारी फुटबल प्रतियोगितामा प्रि–क्वाटरफाइनलका खेल सम्पन्न भएका छन्।

आज सम्पन्न पहिलो खेलमा एलजी एशोसिएशनले हेम्जा युनाईटेड लाई २–० गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । एलजीका लागी खेलको २१ औं मिनेटमा अनुज भण्डारीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफको अन्तिम मिनेटमा आषिस गुरुङले १ गोल गरेका थिए ।

दोस्रो खेलमा ढिकुरपोखरी युवा समाजले रञ्जन मेमोरियल लामाचौरलाई १-० गोलले हराउदै क्वाटर फाईनलको यात्रा तय गर्यो। ढिकुरपोखरी का लागी खेल सुरुवातको ३ मिनेट मै आयुष गुरुङले गरेको गोलनै जितका लागी निर्णायक बनेको थियो।

१९ गते बाट भएको प्रि–क्वाटरफाईनल खेलबाट नेपाल प्रहरी गण्डकी प्रदेश, बाँनिया ब्रलर्श लामाचौर, शितल ज्याती युवा क्लब, आदर्श युवा क्लब क्वार्टरफाइनलमा प्रवेश गरिसकेका छन् भने गण्डकी स्पोट्र्स क्लब र एन टु कफी सप वाई मार्फत सिधै क्वार्टर फाइनलको यात्रा तय गरेका थिए।

भोली हुने क्वाटरफाइनलको पहिलो खेल नेपाल प्रहरी गण्डकी प्रदेश र शितल ज्याती युवा क्लब हुनेछ भने दोस्रो खेल बाँनिया ब्रदर्श लामाचौर र आदर्श युवा क्लब भण्डारढिक, सैनिक बस्ती बिच हुनेछ।

१४ टिमको सहभागिता रहेको खेलमा विजेताले २ लाख र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र साथै विधागत पुरस्कार प्राप्त गर्ने छन् भने प्रतियोगिता कार्तिक २५ गते सम्म सञ्चालन हुने एल.सि. ब्रदर्शका सचिव सुनिल थापाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्: