Worldlink Communications

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कास्कीले रमाइलो देउसी भैलो खेल्दै

कार्तिक २६, पोखरा

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति कास्की द्वारा आयोजित शुभकामना आदानप्रदान एवम् रमाइलो देउसी भैलो कार्यक्रम आजबाट पोखराको साइमन पार्टी प्यालेस बाट सुरु गर्दैछ।

हिन्दुहरूको महान चाड दिपावलीको सुभउपलक्ष्यमा आफ्नो धर्म-संस्कृति रितिरिवाज परम्परा हरु जोगाउँदै देउसीभैलो खेलेर जम्मा भएको पैसाले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कास्की जिल्लाको भवन निर्माण गर्ने भन्ने उद्देश्यले देउसीभैलो खेल्न लागिए को प्रतिष्ठानका अध्यक्ष तुलसी क्षेत्रीले बताउनुभयो।

कार्यक्रमको प्रमुख अतिथि ईश्वरीयमार्ग भजन सच्चाई केन्द्रका अध्यक्ष प्रकाश दिप गैरेले देउसी भैलो कार्यक्रममा देउसी भैलो गीत गाएर कार्यक्रमको उद्घघाटन गर्नुभएको थियो भने कार्यक्रम को अध्यक्षता सस्थाका अध्यक्ष तुलसी क्षेत्रीले गर्नुभएको सो कार्यक्रम सस्थाका सचिव सुनिल गायकले भब्य र सभ्य रुपले सन्चालन गर्नुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस्: