Top Header Ad 1

नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको छ

नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको छ

परिबर्तन न्युज
२७ कार्तिक २०८० बजे
परिबर्तन न्युज
२७ कार्तिक २०८०

कार्तिक २७,काठमाडौं

आज बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो।

Advertisement:Ad

टिकटकले सामाजिक सदभाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरेको र यो निर्णय तत्काल बाट कार्यान्वयन मा जानेछ भन्नुभयो त्यसका लागि कुनै डेडलाइन तोकिएको छैन ।

टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ मन्त्री शर्माले भन्नु भयो त्यस सम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने छ भन्नुभएको छ ।

सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको भएपनि आलोचना पनि भइरहेको सामाजिक सञ्जाल फेसबुक, इन्स्टा,भाइबर, मेसेन्जर लगायत ब्यक्तिब्यक्ति बिच पनि समर्थन र विरोध कुराहरु आइरहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज