Worldlink Communications

नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको छ

कार्तिक २७,काठमाडौं

आज बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो।

टिकटकले सामाजिक सदभाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरेको र यो निर्णय तत्काल बाट कार्यान्वयन मा जानेछ भन्नुभयो त्यसका लागि कुनै डेडलाइन तोकिएको छैन ।

टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ मन्त्री शर्माले भन्नु भयो त्यस सम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने छ भन्नुभएको छ ।

सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको भएपनि आलोचना पनि भइरहेको सामाजिक सञ्जाल फेसबुक, इन्स्टा,भाइबर, मेसेन्जर लगायत ब्यक्तिब्यक्ति बिच पनि समर्थन र विरोध कुराहरु आइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्: