Worldlink Communications

आज अस्ताउँदो भोलि उदाउँदो सूर्यलाइ पूजा गरी छठ मनाइँदै

मंसिर ३, नवलपरासी

आज देशभर साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ दिइ छठ पर्व मनाउदै।

आज देशभर साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ दिइन्छ भने भोलि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ ।

भक्तजनहरु रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिइ छठ पर्वको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनले चाहेको फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने विश्वास गरिन्छ ।

निष्ठापूर्वक धुमधामसँग मनाइने छठका लागि पूजाको सामग्री किन्ने श्रद्धालुको भीडले परासी जिल्लाको बजारमा पुजाको सामाग्री किनमेल गर्नेको भिड थपिएको छ ।छठका लागि बिषेशगरि त्रिवेणी नदीको तट तराईका नदी, परासी खोला र ताल पोखरी मा स्थानिय हरुले पूजा गर्ने ठाउँ तयार पारिरहनु भएको छ।

 

प्रतिक्रिया दिनुहोस्: