Worldlink Communications

माछा मार्ने क्रममा करेन्ट लागि २ जना मानिसको मृत्यु

मसिर ५, पोखरा

माछा मार्ने क्रममा करेन्ट लागि २ जना मानिसको मृत्यु  भएको छ ।

मसिर ४ गते दिउसो ४; बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२९ पटनेरी स्थित खेतमा पानी लैजाने
कुलोमा दुई जना मानिसहरूले माछा मार्नको लागि करेन्ट लगाउने क्रममा करेन्ट लागी मृत्यु  भएको हो।

करेन्ट लागेर दुइजना मानिसहरु घाईते भएको भन्ने सूचना प्राप्त हुनासाथ ई.प्र.का. शिशुवाबाट प्रहरी टोली खटिई गई निजहरुलाई उद्धार गरी उपचारको लागी पश्चिम क्षेत्रिय अस्पताल पोखरा पठाएकोमा थियो।

जिल्ला मुस्ताङ जोमसोम घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २९ पटनेरी डेरा गरी बस्ने बर्ष अं.४६ को भीमलाल सुनारको ऐ.५ :२३ बजे उपचारको क्रममा डाँक्टरद्धारा मृत घोषणा गरेको । ऐ.ऐ. बस्ने बर्ष ४६ की निजकी श्रीमती सावित्री सुनार ऐ.५ :२३ बजे उपचारको क्रममा मृत घोषणा गरेको हो।

प्रतिक्रिया दिनुहोस्: