Worldlink Communications

अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस सम्पन्न, पोखरा एण्डयुसरोको उपाधि इन्डोनेसियाका रामा तेगुसलाई

मसिर ९ ,पोखरा

११ देसका खेलाडीको सहभागिता रहेको अन्तर्राष्ट्रिय माउन्टेन बाइकरेस सम्पन्न भएको छ।जसमा पोखरा एण्डयुसरोको उपाधि इन्डोनेसियाका रामा तेगुसलाईअदि प्रतामाले हात पारेका छन् ।

प्रतामाले ५ स्टेज (ट्रयाक) को ११.९२० किमीको घढसरी ९ मिनट ५९ सेकेण्ड ५२ मिलिसेकेण्डमा पार गरे ।विभिन्न विधामध्ये इलिटघढस तर्फको उक्त विधामा उपाधि हात पार्दै रामाले नगद रु ५० हजार सहित प्रमाणपत्र, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।त्यसैगरि सोही बिधामा यघढसकेका क्रिस्टोफर किलिङले दोस्रो र नेपालका प्रचित थापा मगरले तेस्रो स्थान बनाउन सफल भए । किलिङले सोही दघढसरी १० मिनट १६ सेकेण्ड ९६ मिलिसेकेण्डमा पार गरेभने प्रचितले १० मिनट ३६ सेकेण्ड १३ मिलिसेकेण्डमा पार गरे ।

यससँगै किलिङले नगद रु ३० हजार सहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गरे भने प्रचितले नगद रु २० हजार सहित प्रमाणपत्र, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गरे । त्यस्तै महिला तर्फ भने नेपालकी लक्ष्मी मगरले प्रथम, नेपालकै मिङ्गमा याङ्जी सेर्पाले दोस्रो र सिंगापुरकी इभोना सियाले तेस्रो स्थान हासिल गर्न सफल भए । उनीहरुले १० किमी ५०० मिटरको दघढसरी क्रमशः ९ मिनट ५३ सेकेण्ड ४८ मिलिसेकेण्ड, ११ मिनट २५ सेकेण्ड ३१ मिलिसेकेण्ड र १५ मिनट ३५ सेकेण्ड ३६ मिलिसेकेण्डमा पार गरे । योसँगै उनीहरुले क्रमशः नगद रु ३५ हजार, २५
हजार र १५ हजार सहित प्रमाणपत्र, मेडर र गिफ्ट ह्याम्पर प्राप्त गरे ।

अर्को विधा १८ वर्षसम्मका पघढसरुष सीनियर र्फ नेपालका बिपसल थापा प्रथम हसन सफलभए । उनलाई पछ्याउदै अमेरिकाका एलिजा स्टेवार्ड दोस्रो र नेपालका दिपेश थापा तेस्रो भए । उनीहरुले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे । त्यस्तै ३० देखि ३९ वर्ष समुसहका लागि मास्टर्स ‘क’ विधामा राजन भण्डारी प्रथम, मंगल लामा दोस्रो र कसंगा वोसेर तेस्रो हुन सफल रहे । तीनै जना नेपालका
खेलाडीले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे ।

त्यसैगरि अर्को विधा ४० देखि ४९ वर्षसम्मका लागि मास्टर्स ‘ख’ विधामा स७३घढसरज पाण्डेले प्रथम, रवि कार्कीले दोस्रो र नारायण मानन्धरले तेस्रो स्थान बनाउन सफल भए । उनीहरुले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे ।त्यस्तै ५० वर्षभन्दा माथीका लागि भेट्रान विधा तर्फ लाल आले,  सुसलोचना  राजभण्डारी र सैशव प्रधान क्रमशः प्रथम, दोस्रो र तेस्रो भए । नेपालका उनीहरुले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे ।

नेपालमै पहिलो पटक आयोजना भएको ‘इ–बाइक’ विधामा प्रशन्न गौतम प्रथम हुन्  सफल भएभने विश्वास मोदी दोस्रो भए । उनीहरुले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे । माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा तीन दिनसम्म पोखरा
महानगरपालिका वडा नं. १३ को आर्बा–बिजय डाँडा  प्रतियोगिता सम्पन्न भएको हो । विगत ४ वर्षदेखि आर्वामा तयारी गर्दै आएको थियो । उक्त स्थानमा प्रतियोगितालाई निरन्तरता दिइने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालसहिति ११ देशका ५६ खेलाडीले सहभागिता जनाएका प्रतियोगिताका रेसडाइरेक्टर सुनिलचन्द्र शर्माले बताए । उक्त प्रतियोगितालाई पोखरा महानगरपालिका, कास्की जिल्ला साइक्लिङ संघ, पोखरा खेलकुद विकास समिति तथा पोखरा १३ को वडा कार्यालयले समन्वय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्: