Top Header Ad 1

पोखरामा हरेकअंग्रेजी नयाँ वर्षमा हुने सडक महोत्सव पुस १२ देखि हुदै

पोखरामा हरेकअंग्रेजी नयाँ वर्षमा हुने सडक महोत्सव पुस १२ देखि हुदै

परिबर्तन न्युज
११ मंसिर २०८० बजे
परिबर्तन न्युज
११ मंसिर २०८०

मंसिर १० ,पोखरा

रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले आयोजना गर्ने २५ औँ ‘पोखरा सडक महोत्सव’ पुस १२ देखी १६ गतेसम्म आयोजना हुने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष जस्तै यस वर्ष पनि महोत्सव गर्न लागिएको रेवानले आइतबार पोखरामा पत्रकार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

Advertisement:Ad

‘सडक मै खाउ, सडक मै रमाउँ’ भन्ने उदेश्यका साथ हुने महोत्वस २५ औँ वर्ष प्रवेश गरेको अवसरमा यस वर्ष रजत जयन्तीको रुपमा भब्य गरेर मनाइने महोत्वसवका संयोजक विश्वराज पौडेलले बताउनु भयो ।आन्तरिक तथा बाह्य पर्यटकलाई ‘अंग्रेजी नयाँ वर्षको गन्तब्य स्थल’को रुपमा प्रवर्द्धन गर्ने उदेश्यले मेला आयोजना गरिएको पौडेलको भनाई थियो ।महोत्सव फिस्टेल गेट देखि जरेवरसम्म तीन किलोमिटर सडकमा हुने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज