Worldlink Communications

पोखराको राष्ट्रिय मा.वि. ले  हीरक जयन्तीको मनाउदै  एक वर्षे कार्यक्रम सार्बजानिक

मसिर ११ ,पोखरा

स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा हीरक जयन्ती मनाउने तयारीमा जुटेको पोखरा महानगरपालिका वडा नम्बर- १ पुरानो टुडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले २० मंसिरमा प्रभातफेरी सगै शुभारम्भ कार्यक्रम गरि हीरक जयन्तीको एक वर्षे कार्यक्रम थालनी गर्ने भएको छ ।

मंसिर २० गते विद्यालयले आफनो स्थापनाको ७४औ वर्ष पुरा गरि ७५औ वर्षमा प्रवेश गदैछ । विद्यालयले हीरक जयन्ती २० मंसिर ०८० देखि २० मंसिर ०८१ सम्म एक वर्ष विविध कार्यक्रम गरि मनाउने भएको हो ।हीरक जयन्तीको श७३घढसभारम्भ र प्रभातफेरी कार्यक्रमको पुर्व सन्ध्यामा शनिबार विद्यालयमा अध्य्यन गरेका पुर्व विद्यार्थी, पुर्व शिक्षक,कर्मचारी,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एंव सदस्य, शिक्षक अभिभावक संघका पदाधिकारी, सदस्य सगै सरोकारवाला बिचको भेलामा भएको छलफलपछि मूलसमारोह समितिले तयारगरे संगै
प्रभातफेरी सगै शुभारम्भ कार्यक्रमको कार्यतालिका पारित गरेको हो ।

भेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणाले हीरक जयन्ती लगाएत  प्रभातफेरी कार्यक्रम को बारेमा उपस्थित सबैलाई  विद्यालय स्थापना भएको पोखरा ३ नदिपुर स्थित नारायण स्थान मन्दिरबाट सुरु गरिने जानकारी दिनुभएको थियो । प्रभातफेरी कार्यक्रमका संयोजक महेन्द्र श्रेष्ठ ले  नदिपुरबाट सुरु हुने प्रभातफेरीमा पञ्चे बाजा सगै सरस्वतीको झाकी सगै ७५ जना विद्यार्थीहरु विभिन्न भेषभूषामा रहने छन् भने विद्यालयका जग्गदाता पराजुली परिवार र विद्यालय स्थापना हुदा रहेका संचालक समितिका व्यक्तीहरुको फोटो रहनेछ ।

२००६ सालदेखी २०७८ सालसम्मका प्रत्येक व्याचको प्ले कार्ड सहित पुर्व विद्यार्थीहरु, विभिन्न जात जातिका झाँँकी सहित नदिपुरबाट निस्केको प्रभातफेरी र्याली पालिखेचोक, तेर्सापटी नालाको मुख, भिमसेनटोल, बागबजार हुदै विद्यालय परिसर पुरानो टुडिखेलमा आएर हीरक जयन्ती शुभारम्भ सभामा परिणत हुने बताइएको छ ।हीरक जयन्तीका लागि १००१ सदस्य मूल समारोह समिति, १५ सदस्य सल्लाहकार समिति, ४१ सदस्य कार्यसम्पादन समिति र विभिन्न पाँच बटा उपसमितिहरु गठन गरिएको विद्यालयका प्रधानाध्यापक ईश्वरी प्रसाद सापकोटाले जानकारी दिनुभयो  ।

स्वास्थ्य उपसमितिको संयोजकमा डा वसन्त ताम्राकार, मञ्च व्यवस्थापनमा रमेश प्रसाद पौडेल, प्रचार प्रचारमा नारायण प्रसाद चापागाई, जलपानमा वरुण विक्रम राणा, प्रभातफेरीमा महेन्द्र श्रेष्ठ  रहनु भएको छ। आवश्यकता अनुसार अन्य समितिहरु समेत गठन गदै सापकोटाले जानकारी दिनुभयो  ।विद्यालय वयवस्थापन समितिका अध्यक्ष राम विक्रम राणाको अध्यक्षतामा भएको भेलामा प्रधानाध्यापक ईश्वरी प्रसाद सापकोटा, पोखरा महानगरपालिका वडा नम्बर २ का अध्यक्ष दिवसमान प्रधानाङ, विद्यालयका पुर्व विद्यार्थी, शिक्षक सगै व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका रामराज रेग्मी, पुर्व विद्यार्थी आनन्दराज मूल्मी, प्रचार प्रचार संयोजक नारायण प्रसाद चापागाई, पुर्व विद्यार्थी महेन्द्र श्रेष्ठ , सुजन लम्साल लगायतले आ आफनो सुझाव दिनु भएको थियो  ।

प्रतिक्रिया दिनुहोस्: