Worldlink Communications

गण्डकी प्रदेश पोखराले दसौं विश्व माटो दिवस मनायो

मंसिर १९ , पोखरा

आज माटो तथा मल परिक्षण प्रयोगशाला गण्डकी प्रदेश पोखराले दशौं विश्व माटो दिवस २०२३ डिसेम्बर ५ लाइ ‘ माटो र पानी जीवनको थालनि ‘ भन्ने नाराका साथ किसान दाजुभाइ दिदीबहिनी हरु सग हातेमालो गर्दै प्रभातफेरी सहित कार्यक्रम गरेर मनायो ।

माटो तथा मल परिक्षण प्रयोगशाला का कार्यालय प्रमुख श्री सुनिल पाण्डे को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कृषि विकास निर्देशनालय का महानिर्देशक श्री बासुदेव रेग्मी गर्नुभएको थियो भने अतिथिहरुमा कृषि तथा भूमि व्यवस्था मन्त्रालय का भूमि व्यवस्था तथा भूमि स्रोत महासाखाका पोखरेल, कृषि तथा ब्यबस्था विभाग मन्त्रालय योजनामा शाखाका भानुभक्त  भट्टराई,कृषि तथा भूमि व्यवस्था मन्त्रालय पशुपन्छी विकास महाशाखा प्रमुख श्री शोभा शर्मा हुनुहुन्थ्यो।

त्यस्तै गरि विकास निर्देशनालयका वरिष्ठ कृषि प्रसार प्रसार अधिकृत राजेश गुरुङ कृषि विकास निर्देशनालय बागवानी अधिकिर्त श्री बालकृष्ण अधिकारी कृषि व्यवस्थापन विकास तालिम केन्द्रका अर्जुनदेव ज्ञवाली कृषि ज्ञान केन्द्र का प्रमुख किरण सिग्देल प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका रोशन अधिकारी पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरिया लगायतका व्यक्तित्वहरूको उपस्थितिमा भएको कार्यक्रम सञ्चालन संस्थाका कर्मचारी सरस्वती बास्तोलाले गर्नुभएको थियो।

करिब ७० जना कृषकहरूको उपस्थितिमा भएको कार्यक्रममा  सहभागी हरुले माटो र पानी जीवनको दिगोपनको लागि आवश्यक स्रोत हुन् । माटो र पानी अन्तर सम्बन्धित स्रोतहरू हुन् जसलाई एकीकृत व्यवस्थापन गर्न आवश्यक हुन्छ। अनुचित माटो र पानीको व्यवस्थापन को अभ्यासहरुले असर गर्दछ। माटो र पानीको यथोचित संरक्षणले जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलन मा ठूल योगदान पुर्याउँदछ भन्ने जानकारीहरू दिइएको थियो।

प्रमुख अतिथि बासुदेव रेग्मीले प्रत्येक वर्ष डिसेम्बर ५ लाई माटोको दिगो व्यवस्थापनको पैरबि माटोको महत्व बारे सचेत गराउने सचेत बनाउने उत्सवको दिन विश्व माटो दिवस मनाइने गरिएको बताउनु भयो। यस दिनलाई रासायनिक मलको असन्तुलित प्रयोग उपयुक्त सिँचाइको प्रविधि पनि कीटनाशक विषादीको अनियन्त्रित योग एवं प्राङ्गरिक मल को न्यूनतम प्रयोगका कारण खस्किँदै गएको माटोको गुणस्तरबारे कृषक तथा आम नागरिकलाई जागरुक बनाउन पनि विश्व माटो दिवस महत्व रहेको बताउनुभएको थियो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्: