स्वास्थ्यको विकास नै समृद्धिको सुचक हो : उपप्रमुख गुरुङ

स्वास्थ्यको विकास नै समृद्धिको सुचक हो : उपप्रमुख गुरुङ

परिबर्तन न्युज
१९ मंसिर २०८० बजे
परिबर्तन न्युज
१९ मंसिर २०८०

मंसिर १९ , पोखरा

पोखरा महानगर पालिकाका उपप्रमुख मञ्जुुदेवी गुरुङले स्वास्थ्यको विकास नै समृद्धिको सुचक भएको बताउदै स्वास्थ्यलाई प्राथमिकता मा राख्नुपर्नेमा जोड दिनुभएको छ ।

Advertisement:Ad

पोखरा महानगरपालिका वडा नम्वर १५ ले आयोजना गरेको स्त्रीरोग परीक्षण सम्वन्धि निशुल्क स्वास्थ्य शिविरको उदघाटन गदै उहाँले,“ जुन देशका नागरिक स्वस्थ हुन्छ,त्यो देश समृद्धिको दिशामा अगाडी बढछ,त्यसैले स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ ।”उहाँले स्वास्थ्य सबैभन्दा ठुलो सम्पत्ति भएको बताउनुभयो ।

एउटा नागरिक स्वस्थ भए परिवार, समाज र देशनै समृद्धिको बाटो मा अगाडी बढछ भन्दै, समयसमयमा स्वास्थ्य जाँच गराउनुपर्नेमा जोड दिनुभयो । विरामी भैसकेपछि मात्रै अस्पताल जाने अवस्था छ, अव त्यस्तो हैन समय सयममा जाँच गर्दा स्वस्थ रहन सहयोग पुग्छ भन्नु भयो,“भौतिक विकास मात्रै नभएर मानवीय विकास पनि महत्वपुर्ण हो ।” एउटा घरको ब्यक्ति विरामी हुदाँ परिवारनै अस्त ब्यस्त हुने भएकाले स्वास्थ्यलाई ध्यान दिनुपर्ने उपप्रमुख गुरुङले बताउनुभयो ।

वडा नम्वर १५ का अध्यक्ष तोरणबहादुर बानियाँले मानवीय विकासमा स्वास्थ्य महत्वपुर्ण रहेको बताउनुभयो । नागरिक स्वस्थ भएमात्रै पुर्वाधारको विकास गरेपनि त्यसको महत्व हुदैन उहाँले भन्नुभयो, “स्वास्थ्य शिक्षा, कृषिलाई रणनीतिक योजनाका रुपमा अगाडी बढाएका छौ ।” उहाँले राइटफर चिल्ड्रेन सग  मिलेर स्वास्थ्य संग सम्वन्धित कार्यक्रम संचालन गर्दै आएको जानकारी समेत उहाँले दिनुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज