Worldlink Communications

आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि दुई दिने सचेतना कार्यक्रम

मंसिर २८ , पोखरा

सामाजिक विकास कार्यालय कास्कीको सभाहलमा आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि २८ वटा बिधालयका शिक्षक हरुलाई दुई दिने सचेतनामुलक कार्यक्रम सन्चालन गरेको छ।

सामाजिक विकास कार्यालय कास्कीको आयोजना र जिल्ला प्रहरी कार्यालय कास्की र बालहितकारी परियोजना नेपाल को समन्वयमा भएको कार्यक्रम सामाजिक विकास कार्यालयका प्रमुख इन्द्र बहादुर थापाको अध्यक्षतामा भएको भएको थियो।

कार्यक्रमको प्रमुख अतिथि सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव प्रकाश पौडेलले बिशिष्ट अतिथिहरूमा शिक्षा विकास निर्देशनालयका प्रमुख घनश्याम पौडेल, शिक्षा विकास तथा समन्वय इकाई कास्की प्रमुख लोकनाथ आचार्य, जिल्ला प्रहरी कार्यालय कास्की का सूचना अधिकारी श्रवण कुमार बि क र बालहितकारी परियोजनाको कास्की संयोजक संगीता भण्डारी लगायतका ब्यक्तित्वहरुकोआतिथ्यता भएको कार्यक्रम सामाजिक विकास कार्यालयका कर्मचारी ज्ञानेश्वर सुवेदीले संचालन गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि प्रकाश पौडेलले अहिले भर्खर शिक्षक साथिहरूको सामान्य बसाइमा पनि लैङ्गिक भिन्नता देखाएर बसेको देखिएको यो परिवेशले बसाईसराई, लैङ्गिक लगाएत सबै किसिमको ग्यापले गर्दा पनि फरक सोच र फरक सोचले जन्माएका असरहरुले निम्त्याएका घटनाक्रमहरू को न्यूनीकरण गर्नको लागि यस किसिम का कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभयो।

ससाना बाबु नानीहरुले पास्टलाइफ हिस्टोरिको बारेमा ,आवश्यकता को बारेमा, मनोविज्ञानको बारेमा, जीवनको मस्कतको बारेमा नबुझि गरिने अप्रिय निर्णय लाइ एउटा शिक्षकले मात्र आफ्ना बिधार्थी भाइबहिनीहरु लाइ साथीको रुपमा हेरि जिबनमा उत्साह जगाउन सक्ने भएकाले बालबालिकाको मनोविज्ञान बुझी राम्रो असल र  जिम्मेवारी बनाउन सक्ने भएको हुनाले नै शिक्षकको लागि यो सचेतनामूलक तालिम आवश्यकता भएको हो भन्नुभयो।

शिक्षक भनेको त्यो शिक्षक हो जसले विद्यार्थीहरूलाई आफ्नो साथी बनाउन सकोस्। अनि मात्र त्यो शिक्षक बन्न सक्छ जहिलेसम्म विद्यार्थीले शिक्षकलाई साथीको रुपमा ग्रहण गर्न सक्दैन मनोविज्ञा न नबुझी शिक्षण गराउँदछ भने त्यो असल शिक्षक बन्न सक्दैन भन्नुभयो।

आजकल केही अभिभावकहरू भन्ने गर्नुहुन्छ सानोमा बल्लबल्ल बचाउन सकियो तर आफ्नो देशमा ती बाबुनानीहरूलाई टिकाउन सकिएन टिकाउन साह्रै गाह्रो भयो तसर्थ यो देशमा नै टिकाउन को लागि शिक्षकको महत्वपूर्ण हात हुने भएको हुनाले शिक्षकहरु साथी बनी जीवन उपयोगी शिक्षण गर्नुपर्ने बताउनुभयो, विद्यार्थीहरूको मनोविज्ञान बुझेर गरिने शिक्षण नै आजको महत्वपूर्ण शिक्षण भएको बताउनुभयो। शिक्षकले आफ्नो लक्षित ग्रुप राम्रोसँग चिनेर ठहर गरेर बालबालिकाहरूलाई परिपक्क बन्न सिकाउने हरेक सिकाईहरूमा उद्देश्य जोडिएर दिएको शिक्षालेनैं  एउटा बालक राम्रो र सभ्य बन्न सक्छ भन्नुभयो।

कहिलेकाहीँ हामीले सुन्ने गरेका छौं विद्यार्थीहरूले अप्रिय निर्णय गर्न खोज्छन अप्रिय निर्णयको रिजल्ट पनि अप्रिय नै हुन्छ जस्तै परीक्षा मा कम नम्बर आएर ,कसैसँग भावना नमिलेर, एक्लो भएर हिँड्ने भएको हुनाले घटनाहरु घटनसक्ने भएको हुनाले शिक्षकले बेलैमा बिधार्थीको  मनोविज्ञान राम्रोसँग बुझेर भावनालाई सम्बोधन गर्न सक्ने महत्त्वपूर्ण स्थान शिक्षकको भएको हुनाले महत्व बुझी सामाजिक विकास कार्यालय कास्कीले यो कार्यक्रम गरेकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्नुभएको थियो।

दुई दिने कार्यक्रमको पहिलो सत्रमा सामाजिक विकास कार्यालय कास्कीका लेखा अधिकृत प्रेम बहादुर के.सी. र बालहितकारी परियोजना कास्की संयोजक संगीता भण्डारी ले स्वागत मन्तव्य राख्नुभएको थियो।

शिक्षा विकास तथा समन्वय इकाई कास्की प्रमुख लोकनाथ आचार्यले सामाजिक सञ्जालहरूले गर्दा सामाजिक मानसिक र पारिवारिक परिवेशलाई ध्यान दिँदै गरिएको यो कार्यक्रमले बालबालिकाहरूको मनोविज्ञानलाई बुझेर राम्रोसँग शिक्षण गर्नको लागि शिक्षकहरूलाई दिएको यो पाठ्यक्रम भित्रको पनि हिडन पाठ्यक्रम भएको ले किसिमको सिकाइ धेरै नै महत्वपूर्ण भएको बताउनुभयो।

शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश प्रमुख घनश्याम पौडेल ले घरपरिवारका अभिभावकहरूले ,समाजका अगुवाहरूले आफ्ना छोराछोरी दाजुभाईहरूको मनोविज्ञान नबुझि गरिएको व्यवहारको कारणले  उनीहरुले गर्न सक्ने अप्रिय निर्णयलाइ न्यूनीकरण गर्नको लागि शिक्षकको महत्त्वपूर्ण भूमिका हुने भएको हुनाले बाल मनोविज्ञान बुझेर शिक्षण गर्ने शिक्षक भएको हुनाले विद्यालयमा विद्यार्थीले शिक्षकलाई साथीरुपमा हेर्न सक्ने र कुरा धक खोलेर बोल्न सक्ने वातावरण बन्ने भएको हुनाले शिक्षकहरूलाई दिइएको यो तालिम महत्त्वपूर्ण भएको बताउनुभयो।

करिब २८ वटा स्कुलहरूको शिक्षकहरूको उपस्थितिमा भएको सो कार्यक्रम मा सहभागी विद्यालयहरू शुक्रराज मा .वि. ,महेन्द्र मा. वि., सिद्ध मा. वि., बाराही मा .वि. ,नवप्रभात मा. वि., भवानी कालिका मा वि, गौरीशंकर मा वि, कालिका मा वि , बिन्ध्यावासिनी मा. वि. ,छोरेपाटन मा. वि. ,जनप्रकाश मा. वि. ,कन्या मा. वि .,अमरसिद्ध नमुना मा  वि., सिद्धबराह मा. वि., विष्णुपादुका मा वि, लक्ष्मी मा. वि., राष्ट्रिय मा. वि. जनप्रिय मा. वि. ,भद्रकाली मा. वि., लक्ष्मी आदर्श मा .वि. ,सरस्वती मा  वि., सहिद स्मृति मा. वि., बालहितकारी मा. वि. ,नविन मा. वि. र कालिका मा. वि .का शिक्षकहरू उपस्थितिमा कार्यक्रम गरिएको थियो।

आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि २८ वटा बिधालयका शिक्षक हरुलाई दुई दिने सचेतनामुलक कार्यक्रमलाइ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी श्रवण कुमार बि क ले  आत्महत्या कसरी हुन्छ किन गर्छन् भन्ने बारेमा डाटाबेसमा प्रशिक्षण गर्नुभएको गर्नुभएको थियो भने आत्महत्या किन गर्छन र गर्नुपर्ने कारणहरु र उनीहरूले देखाउने व्यवहारहरू थाहा भएपछि उनीहरू लाई जोगाउन सकिने उपायहरूको बारेमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रमको अन्तमा कार्यक्रमको अध्यक्षता गरिरहनुभएका सामाजिक विकास कार्यालय कास्कीका इन्द्रबहादुर थापाले आत्महत्या रोकथाम तथा न्यूनीकरण विषयको लागि फोकल पोइन्ट अथवा प्रमुख स्रोत विद्यार्थी बालबालिका भएको हुनाले यस विषयको गम्भीरतालाई बुझी आजको बालबालिकाहरूको जीवनलाई  सहजीकरण गरी अगाडि बढाउँदा विद्यालयका शिक्षकहरु नै महत्त्वपूर्ण कडी हुनसक्छ भनी शिक्षकहरूलाई नै यस विषय सम्बन्धी थप जानकारी उपलब्ध गराई सचेतना मूलक कार्यक्रम गरि विद्यालयमा गएर पनि आफ्ना विद्यार्थी भाइबहिनीहरूलाई यहाँ पाएको शिक्षा त्यहाँ गएर प्रयोग गर्नु प्रयोग गर्नको लागि महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने आफ्ना धारणाहरु राख्दै कार्यक्रम समापन गर्नु भएको थियो ।

– यो पनि पढ्नुहोस्

दोस्रो दिन समापन सत्र कार्यक्रम को प्रमुख अतिथि – जिल्ला प्रहरी कार्यालय प्रमुख मोहन कुमार थापा हुनुहुन्थ्यो भने कार्यक्रम को अध्यक्षता सामाजिक विकास कार्यालय कास्कीका प्रमुख इन्द्रबहादुर थापा ले गर्नुभएको थियो।

बिशेष अतिथिहरुमा -घनश्याम पौडेल ,शिक्षा बिकास निर्देसनालय बाट हुनुहुन्थ्यो भने  कार्यक्रम सन्चालन -सामाजिक बिकास कर्यालयका अधिकृत ज्ञानेश्वर सुबेदि गर्नुभएको थियो।

दुई दिने सचेतना मूलक कार्यक्रम सकेर  समापनमा सहभागीहरु को तर्फ बाट -१ जना महिला र -१ पुरुषले बोल्नु भएको थियो भने प्रशिक्षकको तर्फबाट १जना ले बोल्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: