Worldlink Communications

पोखरा २७ मा १९ औं लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको-संयोजक विनोद श्रेष्ठ

पौष ३ ,पोखरा

लेखनाथ उद्योग वाणिज्य संघले यहि पौष ५ गते देखि १६ गते सम्म आयोजना गरेको १९ औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि भन्नेनाराको साथ आयोजना गर्न लागिएको महोत्सवको ९५ प्रतिशत तयारी पुरा भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ ।पत्रकार सम्मेलनमा संघका अध्यक्ष एवं महोत्सवका  संयोजक विनोद श्रेष्ठले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानु अनुसार  परिष्कृत गर्दै २०६१ साल देखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको र विभिन्न जात जाति भाषा भाषीलाई एकै थलोमा उपस्थीत
गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको वताउनु भयो  ।

उहाले  महोत्सवको माध्यबाट यस क्षेत्रमा उत्पादीत बस्तुको बजारीकरण गर्ने,कृषि सामग्री एवं महिला उद्यमीहरुको उत्पादनहरुको प्रर्दशनी एवं विक्रि गरिने वताए । यस्तै महोत्सवका प्रचार प्रसार संयोजक एवं लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी ‘राजु ’ ले विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दिका कारण थला परेको देशको अर्थतन्त्रलाई चलायमान बनाउन तथा पर्यटन प्रवद्र्धन गर्न, देशमा रहेका औद्योगिक उत्पादनलाई बढवा दिन, हस्तकलाका सामानहरुको बजार प्रवद्र्धन र सोको पहिचान, स्थानीय उत्पादन, लघु , घरेलु  तथा साना उद्योगहरुको प्रवद्र्धन,आवश्यक ज्ञान,सिप,उद्यमशिलता र प्रविधि हस्तान्तरण,राष्ट्रिय तथा अन्तराष्ट्रिय मूलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरु को प्रवद्र्धन, जातीय भेष भूषा, कला संस्कृति, रितिरिवाज को जगेर्ना गर्न,आन्तरिक एवं वाह्यय  पर्यटकहरुलाइ आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पुर्याउने महोत्सवको मूख्य उद्देश्य रहेको वताउनुभएको थियो  ।

उक्त अवसरमा नेपाल पत्रकार महासंघ कास्की शाखाका उपाध्यक्ष रामप्रसाद तिमिल्सीनाले लेखनाथ महोत्सवलाई सुरुवातका दिनदेखी नै आफुले नियाल्ने अवसर प्राप्त गरेको र निकै ठुलो संर्घषलाई पार गर्दै महोत्सवले अहिलेको सफलता हासिल गरेको  र मेला महोत्सव फरक रहेको वताउँदै महोत्सवले स्थानिय कलासंस्कृतिको संरक्षण एवं जर्गेना गर्दै स्थानिय प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण पनि गर्ने भएका वताउनु भएको थियो ।

महोत्सवको थप आकर्षणको रुपमा महोत्सवस्थलमा थ्रिडी आर्ट मार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर, एलईडि डिस्प्ले मार्फत स्टेजबाट प्रायोजकहरुको प्रवद्र्धन, दर्शकहरुका लागि ई–सेवाबाट टिकट काट्न सकिने गरि व्यवस्था मिलाईनुका साथै राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रितिरिवाज झल्कने
सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरु रहेका छन् भने जातजातिहरुको सांस्कृतिक जर्गेना कार्यक्रम तथा मातृशक्तिको सम्मानमा आयोजना गरिदै आएको महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौली गित प्रतियोगिता, ख्याती प्राप्त कलाकारहरुबाट दैनिक प्रस्तुती, सुगम संगित अन्तर्गत कन्सर्ट लगायत थुप्प्रै मनोरञ्जनात्मक कार्यक्रमहरु रहने वताउनु भएको थियो ।

महोत्सवमा पोखरा विश्वविद्यालय इन्जिनियरिङ फेकेल्टी, रोबोटिक क्लब, गण्डकी विश्वविद्यालय आविष्कार केन्द्र तथा विभिन्न विद्यालयहरुबाट शैक्षिक प्रदर्शनी हुनेछ भने विभिन्न जातजातिहरुको मौलिक सांस्कृति झल्कने सांस्कृतिक कार्यक्रमहरु रहने वताउनु भएको थियो ।महोत्सवको बचतवाट प्रदर्शनी स्थल र संघको भवनको स्तरोन्नती, औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, पर्यटन विकास तर्फ बेगनासतालमा बराह मन्दिर संरक्षण, स्थानीय महिला तथा यूवा उद्यमीहरुद्धारा उत्पादित वस्तुहरु  प्रवद्र्धनका लागि उत्कृष्ट स्तरको कोसेली घर निर्माण, संघद्धारा बेगनासतालमा निमार्ण गरिएको लेटर बोर्डको परिसरमा चेम्बरपार्क निर्माण लगायतका विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने आयोजकले वताउनु भएको थियो ।

महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन तथा उप–समिति परिचालन समितिका संयोजक राजेन्द्र ओझाले लेखनाथ महोत्सवलाई स्थानीयले चाड पर्वको रुपमा लिंदै आएको र उत्पादक र उपभोक्ताहरुलाई एकै ठाँउमा भेला गरी आर्थिक चलायमान गराउन महत्वपुर्ण भूमिका खेलेको  संघका अध्यक्ष विनोद श्रेष्ठलेवताउनु भएको थियो ।

संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन उधोग बाणिज्य महाशघ का सचिब  जानु का पराजुलीले गर्नुभएको थियो भने  भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गर्नुभएको थियो  । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संवृद्धि’ भन्ने मुलनाराका साथ आयोजना गर्नलागिएको लेखनाथ महोत्सव २०८० का कार्यक्रमहरुलाई व्यवस्थित रुपमा संचालन गर्नका लागि ९सदस्यीय निर्देशक समिति, ४० सदस्यीय महोत्सवसल्लाहकार समिति र ४२ सदस्यीय कार्यसम्पादन समिति एवं उपसमिति संयोजक गठन गरिएको छ ।

करिब ३३४ स्टल रहने यस महोत्सवमा २ लाख पचास हजारभन्दा बढि दर्शकले मेला अवलोकन गर्ने र करिब ९ करोड बरावरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवमा करिब ९० लाख आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि करिब ८० लाख खर्च भई रु १० लाख बचत हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: