Worldlink Communications

रेबान पोखराले २५औ पोखरा सडक महोत्सब मनाउदै

पौष १० ,पोखरा

अग्रेजी नया बर्षको सुरुवाती संगै लेकसाइड रेस्टुरेन्ट एण्ड बार एसोसिएसन रेबान पोखराले बिगत २४ बर्ष देखि निरन्तर गर्दै आएको सडक महोत्सब यस बर्ष पनि आन्तरिक तथा बाह्यय पर्यटन प्रबर्दन गरि पोखरालाई पर्यटकीय गन्तब्य स्थलको रुपमा प्रबर्दन गर्ने उद्देस्यले निरन्तर २५औ सडक महोत्सब मनाउदै छ ।

“सडकमा नै खाऔ,सडकमा नै नाचौ, सडकमा नै रमाऔ  ” भन्ने नाराको साथ स्थापित भएको यस सस्थाले पौष १२ देखि १६ गते सम्म [अर्थात 28 th Dec 2023 -1st jan 2024] आफ्नो २५औ बर्षमा प्रवेश गरेको रजतजयन्तिको सुखद उपलक्ष्यमा उद्द्घाटन कार्यक्रममा पौष १२ गते बिहिबार दिनको १;00 बजे  कोमागाने पार्कलेकसाइड पोखरामा गर्ने भएको छ ।

पाच लाख आन्तरिक तथा बाह्यय पर्यटक आउने आकलन गरिएको कार्यक्रममा बिबिध खानाको परिकार सास्कृतिक कार्यक्रम बाहेक  रात्री कालिन बिभिन्न हास्य मनोरंन्जनात्मक कार्यक्रम गरिने स्थानमा भने टिकटको व्यवस्था गरिएको कार्यक्रम समोजक बिश्वोराज पौडेल ले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्: