Worldlink Communications

ईपीएसको परीक्षा दिन नपाएपछि प्रदर्शनकारी र प्रहरीबीच झडप – प्रहरीको गोलिलागि २ युवाको मृत्यु

पौष १३ , काठमाडौं

रोजगार अनुमति प्रणाली ईपीएसको  परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका युवाहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि भएको झडपमा प्रहरीले हानेको अश्रुग्यासको कारण दुइ जना युवाको मृत्यु भएको छ ।

बालकुमारी क्षेत्रमा दैलेख जिल्लाका २३ वर्षिय सुजन राउत अचेत अवस्थामा भेटिएपछी तत्काल किस्ट अस्पतालमा लगिएको भएपनि उपचारका क्रममा मृत्यु भएको छ अस्पतालका चिफ अफ अपरेसन अमिस पाठकका अनुसार राउतलाई १२ः४० तिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो ।उपचारगर्दा सफल नभएपछि अस्पताल टीमले १ः१७ मा मृतघोषणा गरएको थियो ।

सोहि झडपमापरि डोटी जिल्लाका २२ वर्षिय बिरेन्द्र शाहको पाटन अस्पतालमा उपचार गर्दागर्दै सफल नभएपछि पाटन अस्पताल टीमले  मृतघोषणा गरएको थियो ।

कुनै एक कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने ईपीएस कार्यालयको  सूचना अनुसार पानी जहाज कम्पनीमा परीक्षा दिएका तर अनुत्तीर्ण भएकाहेरुले फर्म भर्न नपाउने भन्ने निर्णय विरुद्ध युवाहरु अदालत गएपछी उत्पादन तथा कृषि क्षेत्रमा हुने परीक्षामा पनि उनीहरुलाई सहभागी गराउन अदालतले आदेश दिएको थियो ।

अदालतको आदेश अनुसार ईपीएस कार्यालयले अदालतमा रिट दायर गर्ने १८ जनालाई मात्रै आवेदन दिन आह्वान गरेकोले अरु विद्यार्थीले पनि फर्म भर्न पाउनुपर्छ भनेर पटक पटक विरोध प्रदर्शन भइरहेको थियो ।प्रदर्शनकारिलाई नियन्त्रणमा लिनको लागि प्रहरीले सुरुमा अश्रुग्यास हानेको थियो तर स्थिति नियन्त्रण भन्दा बाहिर गएको भन्दै हवाई फायर गरेको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्: