Worldlink Communications

पिडित व्यक्तिका परिवार र सरकारबीच चारबुँदे सहमति

पौष १६ ,काठमान्डौ

रोजगार अनुमति प्रणाली ईपीएसको  परीक्षा दिन नपाएपछि पौष १३ गते शुक्रबार प्रदर्शन गरेका युवाहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि भएको झडपमा प्रहरीले हानेको गोलीको कारण दुइ जना युवाको मृत्यु भएको थियो जसमा पिडित  व्यक्तिका परिवार र सरकारबीच चारबुँदे सहमति भएको छ।

अछाम चौरपाटी गाउँपालिका–१ का वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका–६ का सुजन राउतको मृत्यु भएको थियो।गृहमन्त्रालयमा आज भएको छलफलपछि सरकार र पीडित पक्षबीच मृतकका परिवारका १/१ जना सदस्यलाई उपयुक्त खालको रोजगारी  उपलब्ध गराउने सहमति भएको छ भने दुई पक्षबीच सरकारले उपलब्ध गराउने राहत साथै थप राहत उपलब्ध गराउनका लागि आवश्यक सहजीकरण गर्ने, मृतकलाई शहीद घोषणाका लागि पहल गर्ने, मृतकका परिवारले आजै शव बुझिलिने र शव सम्बन्धित जिल्लामा पुर्‍याउन गृह मन्त्रालयले पहल गर्ने सहमति भएको छ।

सहमतिमा सरकारका तर्फबाट गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारी र मृतक परिवारका तर्फबाट टेकबहादुर शाह र टेकबहादुर कटुवालले हस्ताक्षर गरेका छन्।सरकारले आजै उक्त घटनाको निष्पक्ष र वस्तुगत छानबिनका लागि उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरुण वि सी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको जाँचबुझ आयोग गठन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्: