Worldlink Communications

सूर्यदर्शन सहकारीका पूर्व सञ्चालक महेन्द्र भोटे र सञ्चालक भविश्वर अर्याल जेल चलान

पौष १८, पोखरा

सूर्यदर्शन सहकारी ठगी काण्डका  पूर्व सञ्चालक महेन्द्र भोटे र सञ्चालक भविश्वर अर्याल जेल चलान भएका छन् ।

आज उनीहरुलाई पुर्पक्षका लागि कास्की जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको हो ।भदौ २४ गते पक्राउ पुर्जी जारी भएपछि फरार महेन्द्र भोटे  र भविश्वर अर्याल लाइ   मंगलबार उपस्थित  गराएर बयान लिइ  बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश वसन्तजंग थापाको इजलासले दुवै जनालाई पुर्पक्षका लागि जेल चलान गर्ने  आदेश दिएको हो ।

सूर्यदर्शन सहकारीमार्फत बचतकर्ताको रकम अपचलन गरेको उजुरीका आधारमा  महेन्द्र भोटेसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला अदातलमा दर्ता भएको मुद्धामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरीवालाई दिलाउन माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: