Worldlink Communications

आऔ! खेलौ!! स्वस्थ बनौ!!! भन्ने भावनाको साथ सामुहिक ब्यायाम कार्यक्रम हुने

पौष १९ , पोखरा

पोखरा महानगरपालिका वडा न. १ बगर खेलकुद बिकास समिती को आयोजनामा राष्ट्रिय मा.बि. भित्रको प्रथाना गर्ने खेलमैदानमा  आऔ ! खेलौ!! स्वस्थ बनौ!!! भन्ने भावनाको साथ सामुहिक ब्यायाम कार्यक्रम हुने भएको छ ।

सामुहिक ब्यायाम कार्यक्रम पोखरा महानगरपालिका वडा नम्बर १ खेलकुद बिकास समितिको आयोजनामा हुन लागेको जानकारी दिनको लागि बिहिबार पोखरा महानगरपालिका वडा नं. १ को प्राङ्गणमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको थियो ।६ महिना सम्म चल्ने कार्यक्रम आगामी पौष २१ गते देखि प्रत्येक हप्ताको शनिवार बिहान ६ः३० देखि ८ः ३० बजे सम्म हुने बताइएको छ ।

बडा न. १ का वडाध्यक्षले वडाबासीहरुको स्वास्थ्यप्रति संवेदनशील भइ सबै उमेर समुहका वडाबासीहरु लाई खेलकुदको माध्यमबाट, शारिरीक व्यायामको माध्यमबाट व्यक्तिको जिवनमा आउने शारीरिक मानसिक तथा सामाजिक परिवर्तन र स्वास्थ्य मा आउने फाइदाहरुको जानकारी दिदै जनचेतना फैल्याउने कार्यक्रम गर्न लागेको अध्यक्ष विष्णुकुमार गुरुङले बताउनु भएको छ।

सामुहिक ब्यायाम कार्यक्रममा सबै उमेर समुह लाइ प्रवेश निशुल्क भएको र कार्यक्रमको लागि २ जना जुम्बा बिज्ञ र एक जना योगा प्रशिक्षकको ब्यवस्था गरिएको वडाध्यक्ष शाहारा प्रधानले बताउनु भएको छ।

पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत आगामी पौष २१ गते देखि प्रत्येक हप्ताको शनिवार बिहान ६ः३० देखि ८ः ३० बजे सम्म हुने कार्यक्रम ६ महिना सम्म चल्ने बताइएको छ।कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एबम सस्थाका सल्लाहाकार तेजबहादुर गुरुङले जुम्वा र योगाको कार्यक्रमले शारिरिक एवम,मानसिक रुपमा सहभागिहरुलाई फाइदा पुग्ने बताउनु भएको छ।

खेलपाउने सबैको नैसर्गिक अधिकार हो। सबैले खेल खेल्न पाउनु पर्छ भन्ने भाव राखी आयोजना गरिएको कार्यक्रमलाइ विभिन्न संघ संस्था हरूबाट सहयोगको अपेक्षा गरिएकोमा केहि सहयोगी संस्थाहरूले सहयोग गर्ने वचनबद्धता गर्नुभएको छ भने आजको दिन सम्म सहयोगी संस्थाको रूपमा राष्ट्रिय मा .वि. बगर टुडिखेल ,जुम्बा सेन्टर ,बगरबाई खलक ,श्रीमाया गुरुङ, जीवन विज्ञान ,स्पोर्ट्स फर अल र राइट टु प्ले लगायतका संस्थाहरूले आर्थिक सहयोग गरिसकेको वडाध्यक्ष सहारा प्रधानले बताउनु भएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्: