Worldlink Communications

नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आएको म्याराथनको तयारी तिब्र गतिमा

पौष २५, पोखरा

नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आएको म्याराथन को १८ औं संस्करण यस वर्ष फागुन ५ गते हुने भएको छ।

फागुन ५ गते हुने १८औ म्याराथनलाइ प्रदेश खेलकुद परिषदले साथ दिने भएको छ । बिहिबार प्रदेश खेलकुद परिषदका सदस्य सचिव तथा मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिनुभयो   ।

गण्डकी प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले भूतपूर्व खेलाडी मञ्च समग्र खेलाडीको मार्गदर्शनको रुपमा रहेको बताउनुभएको थियो ।अन्तर्राष्ट्रिय स्तरको म्याराथन गर्दै मञ्चले ठूलो काम गरेको बताउनुभएको थियो  सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन मञ्चको मात्रै नभई समग्र प्रदेशको रहेको र परिषदले यसका लागि गर्नु पर्ने सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो  ।

यो मन्च सारा नेपालभर फैलिनुपर्छ । यसले हरेक जिल्लामा साना साना दौड वा कुनै खेल गतिविधि गनुर्पछ ।’ सदस्यसचिव शर्माले आगामी म्यारानका लागि गण्डकीमा रहेका ओलम्पियनहरुलाई समेत सम्झिन सुझाव दिनुभएको थियो।

भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जिल्ला खेलसंघहरुसँग समन्वयकारी भुमिका खेलिदन परिषदलाई आग्रह गर्नुभएको थियो। १८औ  संस्करणको प्रतियोगितालाई सुरक्षित र पर्यटन प्रवर्धन गर्नका लागि नयाँ बैकल्पिक रुटमा लैजाने योजना बनिरहेको उहाँले बताउनु भएको थियो।

हामीले सडक सुरक्षालाई मध्येनजर गर्दै बैकल्पिक रुटको व्यस्था गर्ने योजनामा छौं भन्दै सिटी म्याराथनको अवधारणा अनुरुप हामीले पोखराको मध्यभाग हुँदै पर्यटकीय क्षेत्र फेवातालतर्फ लैजाने सोचमा छौ उहाँका अनुसार प्रतियोगिताका लागि हालसम्म १० राष्ट्रका धावकहरुले नाम दर्ता गराइसकेको छन भने प्रतियोगिता सफल बनाउन विभिन्न उपसमिति गठन गरि तिब्र रुपमा काम अघि बढिरहेको पराजुलीले बताउनुभएको थियो।

भूतपूर्व खेलाडी मञ्चको आयोजनामा आगामी फागुन पाँच गते हुने अन्तर्राष्ट्रिय स्तरको म्याराथनमा खेलाडी सहभागिताका लागि प्रोमो सार्वजनिक गरिएको छ। मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाट ले प्रोमो सार्वजनिक गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: