प्रेस क्लब गण्डकीले वार्षिक ५० हजार रुपैयाँ सहित ब्यक्ति वा संस्थालाई सम्मान गर्ने घोषणा

प्रेस क्लब गण्डकीले वार्षिक ५० हजार रुपैयाँ सहित ब्यक्ति वा संस्थालाई सम्मान गर्ने घोषणा

परिबर्तन न्युज
२९ पुष २०८० बजे
परिबर्तन न्युज
२९ पुष २०८०

पुस २९ , पोखरा

प्रेस क्लब गण्डकी प्रदेशको दोस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ । पोखरा महानगर पालिका वडा नम्बर १६ को रिंजे नाशा होमस्टेमा सम्पन्न साधारणसभाको उद्घघाटन प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीले गर्नुभएको थियो।

Advertisement:Ad
Advertisement:Ad

कार्यक्रममा बोल्दै पत्रकारहरुले  सत्य र तथ्यमा आधारित रहेर सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभएको थियो । पत्रकार हरु को सानो कमजोरीले ठुलो समस्या उत्पन्न हुने भन्दै सत्य र तथ्यमा आधारित रहेर लेखिएको समाचारले समाज परिवर्तन ल्याउने बताउनुभयो ।

संघिय संसद मा सञ्चार कानुन निर्माणको तयारी भैरहेको बताउदै पत्रकार मैत्री बनाउन आफनो तर्फबाट भुमिका खेल्ने बताउनुभएको थियो । प्रेस क्लब गण्डकीले बहस मुलक कार्यक्रमलाई प्राथमिकता मा राखेर गतिविधि सञ्चालन गर्न आग्रह गर्नुभएको थियो ।

Advertisement:Ad
Advertisement:Ad

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा क्लबका सल्लाहाकार सरिता पंगेनि तिमिल्सिनाले क्लबले छोटो समयमा राम्रो काम गरेको बताउदै अझै सशक्त रुपमा समाजमा रहेका विभिन्न विषयमा बहसमुलक कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभएको थियो ।

क्लबका सल्लाहकार सुष्मा पौडेल, पत्रकार महासंघ गण्डकी प्रदेशका  महासचिव गोविन्द सुवेदी, नेपाल पत्रकार महासंघ कास्कीका सचिव माधव बराल, पोखरा महानगरपालिका न्यायिक समिति सदस्य कालिदास पोखरेल लगायतले प्रेस क्लब स्थापनाको औचित्य पुष्टि गरेको बताउदै सबैलाई समेटेर अगाडि बढन आग्रह गर्नुभएको थियो । क्लबका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको उद्घाटन सत्रको सञ्चालन सचिव गौरव त्रिपाठीले गर्नुभएको थियो ।

गण्डकी प्रेस क्लबको साधारण सभाको बन्द सत्रमा  क्लबका सचिव गौरव त्रिपाठीको प्रतिवेदन र  कोषाध्यक्ष राजु गिरीको आर्थिक प्रतिवेदन व्यापक छलफलपछि पारित गरेको थियो । साधारण सभाले भावि कार्यक्रम पारित गर्दै  क्लव दर्ता भएको दिनलाई स्थापना दिवसका रुपमा मनाउने र बार्षिक ५० हजार रुपैयाँले प्रत्येक वर्ष ब्यक्ति वा संस्थालाई सम्मान गर्ने निर्णय गरेको अध्यक्ष एकराज गिरीले बताउनुभएको थियो । सो सम्मान समाजमा महत्त्वपूर्ण योगदान पुर्‍याउने ब्यक्ति तथा संस्थालाई सम्मान गरिने अध्यक्ष गिरीले बताउनुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज