माघ १ गते देखि पोखरा रङ्गशालामा हुने चौथो टाइगरकपको तयारी पुरा

माघ १ गते देखि पोखरा रङ्गशालामा हुने चौथो टाइगरकपको तयारी पुरा

परिबर्तन न्युज
२९ पुष २०८० बजे
परिबर्तन न्युज
२९ पुष २०८०

पौष २९ , पोखरा

चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८० को तयारी पुरा भएको छ । भएको टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले जनाएका छन् ।

Advertisement:Ad

खेलकुद विकास र सामाजिक अभियानको क्षेत्रमा विशेष योगदान दिंदै आएको टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा यहि माघ १ गते देखि ६ गते सम्म हुने र प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने तय भएको टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले बताउनुभयो।

देशकै सर्वाधिक ठूलो धनराशी पुरस्कार भएको खेल प्रतियोगिताको उद्घघाटनका खेल दिउसो साढे साढे १ बजे सुरु हुने प्रतियोगिताको पूर्वार्धमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष शर्माका अनुसार पोखरा रंगशाला भलिबल ट्रेनिङ सेन्टरमा करिव १० हजार क्षमता को प्यारापिट तयार गरिएको छ भने सहभागि सबै महिला तथा पुरुष टिम पोखरा आइसकेका छन् । खेल तालिका अनुसार हरेक दिन महिला र पुरुषतर्फका २/२ खेल गरी चार खेल हुने आयोजकले जनाएको छ ।

चौथो टाइगर कप खेल प्रतियोगिता सम्पन्न गर्न करिव १ करोड १५ लाख भन्दा बढि खर्च हुने बताइएको छ जसमा महिला तथा पुरुष तर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीहरुलाई जनही नगद रु २५/२५ हजार ट्रफीका साथमा प्रदान गरिने छ भने अन्य विद्यागतरुपमा उत्कृष्ट हुने खेलाडीलाइ १५ हजार बराबरको गिफ्ट ह्याम्पर दिने जानकारी दिइएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज