Worldlink Communications

प्रदेश सरकार खेलकुद बिकासका लागि प्रतिवद्ध–मुख्यमन्त्री पाण्डे

माघ १ ,पोखरा

‘चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’को पहिलो दिन तिन खेलहरु भएका छन।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सोमबारबाट सुरु भएको प्रतियोगितामा महिलातर्फ विभागिय टिम शसस्त्र प्रहरीको एपिएफ क्लब र चन्द्रागिरी न्यू डायमण्ड क्लबले जित दर्ता गर्दा पुरुषतर्फ शसस्त्र प्रहरीको एपिएफ क्लब बिजयी सुरुवात गरेको थियो ।

पहिलो दिन केही समय ढिला सुरु भएको गण्डकी प्रदेश भलिबल संघ र त्रिभुबन आर्मी क्लब बिचको खेल भने खराब प्रकाशका कारण बिचमा नै रोकिन पुगेको थियो । उद्घघाटन खेलजारी रहँदा गण्डकी प्रदेश २–१ ले अगाडी थियो । तर टेक्निकल टिम अन्तिम समयमा खेल रोक्न बाध्य भयो । रोकिएको खेल माघ ३ गते हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको पहिलो दिन तेश्रो संस्करणको उपाधि बिजेता समेत रहेको नेपाल एपिएफ क्लबले नेपाल पुलिस क्लब विरुद्ध ३–२ को जित निकालेको छ । चौथो संस्करणको पहिलो प्रतिस्पर्धात्मक खेलमा पुलिस विरुद्ध एपिएफ क्लबले जित निकाल्दै २ अंक हासिल गरेको छ भने नेपाल पुलिसले १ अंक प्राप्त गरेको छ ।

पहिलो सेट २५–१८ र दोश्रो सेट २५–१८ ले जितेको एपिएफले भने तेश्रो र चौथो सेट भने गुमाउन पुग्यो । तेश्रो र चौथो सेटमा टिम कम्विनेसनको अभाव देखिएको एपिएफलाई २५–१९ र २५–१८ ले जितेर खेलमा फर्किएको नेपाल पुलिस अन्तिम तथा पाँचौ सेटमा १५–१३ ले एपिएफलाई सुम्पिन पुग्यो ।उक्त खेलमा एपिएफ क्लबकी सरस्वती चौधरी टाइगर अफ दि म्याच घोषित हुनुभएको छ।

यसै गरी महिलातर्फको दोश्रो खेल चन्द्रागिरी न्यूडायमण्ड क्लबले जितेको छ । नेपाल आर्मीको खेलमा न्यू डायमण्ड ३–१ को सेटमा जित निकाल्दै प्रतियोगितामा २ अंक प्राप्त गरेको छ भने आर्मीले १ अंक पाएको छ । पहिलो सेट २५–२० र दोश्रो सेट २५–१७ ले लगातार जित्दै न्यू डायमण्डले आर्मी विरुद्ध दबाब प्रस्तुत गरे पनि तेश्रो सेट आर्मीले २५–२३ ले आफ्नो पक्षमा पार्न सफल भयो । तर चौथो सेटमा आर्मीलाई दबाबमा राख्दै न्यू डायमण्डले २५–१५ ले खेल आफ्नो पक्षमा पार्न सफल भयो । उक्त खेलमा रिमा कुँवर म्याच अफ दि टाइगर बन्न सफल हुनुभएको छ।

पुरुषतर्फको खेलमा एपिएफ क्लवले नेपाल पुलिस क्लव विरुद्ध ३–० को सोझो सेटमा जित निकालेको छ । पहिलो सेट २५–१९ ले सहज जित निकाले पनि दोश्रो सेट निकै प्रतिस्पर्धात्मक बन्न पुग्यो । दोश्रो एपिएफले ३३–३१ ले हात पार्न सफल भयो अन्तिम सेट २५–१७ ले आफ्नो पक्षमा पार्दै महत्वपूर्ण ३ अंक हात पारेको छ । उक्त खेलमा एपिएफका बिजय थापा म्याच अफ दि टाइगर घोषित हुनुभएको छ ।

पुरुषतर्फकै अर्को खेलमा एपिएफ क्लवले नेपाल पुलिस क्लव विरुद्ध ३–० को सोझो सेटमा जित निकालेको छ । पहिलो सेट २५–१९ ले सहज जित निकाले पनि दोश्रो सेट निकै प्रतिस्पर्धात्मक बन्न पुग्यो । दोश्रो एपिएफले ३३–३१ ले हात पार्न सफल भयो अन्तिम सेट २५–१७ ले आफ्नो पक्षमा पार्दै महत्वपूर्ण ३ अंक हात पारेको छ । उक्त खेलमा एपिएफका बिजय थापा म्याच अफ दि टाइगर घोषित हुनुभएको छ ।

चौथो टाइगर कप भलिबल प्रतियोगिताको एक भब्य कार्यक्रमका बिच उद्घघाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकार खेलकुद विकासका लागि प्रतिवद्ध भएको बताउनुभयो । उहाले प्रदेश सरकारले खेलाडी हित र खेलकुद विकासका लागि केही नयाँ योजनाका साथ अघि बढेको बताउँदै प्रदेश सरकार गण्डकीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान, कभर्ड हल समेत निर्माण गर्ने योजनामा रहेको बताउनुभयो ।

मुख्य मन्त्रीले खेलकुदलाई पर्यटन संग जोडन अपरिहार्य रहेको जनाउँदै हाइअल्टिच्यूड खेल मैदानको निर्माण जस्ता योजनाहरु समेत प्रदेश सरकारले अघि बढाएको जनाउँदै बालबालिका बाटै खेलाडीहरुको उत्पादन हुनेकुरालाई आत्मसात गर्दै यू–१५ खेलकुद प्रतियोगिता, ओलम्पियनहरुको सम्मानका लागि मासिक भत्ता, खेलकुद पदक जस्ता कार्यक्रमहरुमा प्रदेश सरकारले बजेट समेत बिनियोजन गरी अघि बढेको बताउनुभयो । उहाले राष्ट्रिय भलिबल खेलको विकासमा टाइगर ग्रुप अफ पोखराले महत्वपूर्ण कार्य गरेको जनाउँदै प्रशंसा गर्नुभएको थियो।

उद्घघाटनका कार्यक्रममा गण्डकी प्रदेशका सांसद प्रकाश बरालले भलिबल खेल बिकासका लागि इन्डोर कभर्डहल आवश्यक रहेको विषयमा जोड दिनुभएको थियो ।टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा भएको उद्घघाटन कार्यक्रममा संस्थाका सचिव डिबी नेपालीले समेत आफ्ना भनाई राख्नुभएको थियो ।

प्रतियोगितामा टिकट काटेर हेर्ने दर्शकहरुलाई दैनिक गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ भने फाइनल खेलमा बम्पर उपहारस्वरुप सामसुङको मोबाइल प्रदान गरिने सचिब नेपालीले जानकारी दिएका छन् । प्रतियोगिता सम्पन्न गर्न करिव १ करोड १५ लाख भन्दा बढि खर्च हुने आयोजकले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्: