Worldlink Communications

शान्ति उदय मा. बि.को ६४ औं बार्षिकोत्सब र ६५औ अभिभावक दिवस सम्पन्न

माघ २ , पोखरा

पोखरा महानगर पालिका वडा न ३३ भरत पोखरी वर पाण्डे थुम स्थित शान्ति उदय मा. बि.को ६४ औ बार्षिकोत्सब तथा ६५ औं अभिभावक दिवस  मंगलबार सम्पन्न भएको छ।

कास्की क्षेत्र न २ बाट  निर्बाचित  प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले उद्घाटन गर्नुभएको थियो। उद्घघाटन गर्दै भट्टराईले   सामुदायिक बिद्यालयहरूले आफ्नो गुणस्तरीयता बढाउने कार्यक्रम बनाउनु पर्ने भन्दै त्यसको सम्पूर्ण अधिकार र दायित्व स्थानीय तहमा निहित रहेको बताउनुभयो।भट्टराईले शिक्षा  दक्षजनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्ने भन्दै स्थानीय तह यसमा विशेष  चनाखो हुनुपर्ने बताउनु भयो।

गण्डकी प्रदेश सभा सदस्य भिम बहादुर कार्कीले अन्तर्राष्ट्रिय जगतमा प्रतिष्पर्धी जनशक्ति उत्पादन अहिलेको चुनौती भएकोले नया नया योजना बनाउन आग्रह गर्दै आबश्यक नीति निर्माणमा आफुहरू हरहमेशा लागिरहने उल्लेख गर्नुभयो।

कार्यक्रममा पोखरा महानगर पालिका शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्य , नेपाल पर्यटन बोर्डका सदस्य मदन कुमार आचार्य , शिक्षक अभिभावकसंघका अध्यक्ष शिबराज आचार्य, प्रधानाध्यापक टेकनारायण गिरि ,पूर्ब प्रधानाध्यापक कमल प्रसाद आचार्य ,साबिक भरत पोखरी गा. बि .स. पूर्ब अध्यक्ष यज्ञप्रसाद आचार्य ,पूर्ब उपाध्यक्ष मनोहर आचार्य , पूर्ब विद्यार्थी मंचका अध्यक्ष  बसन्तराज लम्साल सहितले मन्तव्य व्यक्त गर्नुभएको थियो।

मेघा बैकको बित्तीय सहयोगमा बिद्यालय हातामा नबनिर्मित सरस्वती मन्दिरको प्रमुख अतिथी भट्टराईले उद्घघाटन गर्नुभएको थियो। बार्षिकोत्सब कार्यक्रममा शैक्षिक सहित विभिन्न अतिरिक्त क्रियाकलापमा बिजेता बिद्यार्थि हरूलाइ पुरष्कृत गरिनुका साथै विभिन्न छात्रवृत्ति समेत  प्रदान गरिएको थियो भने बिद्यार्थिहरूले विभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।

बिधालय ब्यबस्थापन समिति अध्यक्ष ऋषिराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सहायक प्रधानाध्यापक राजेन्द्र प्रसाद बस्ताकोटी  र संचालन शिक्षक देबराज पौडेलले गर्नुभएको उक्त बिद्यालयका शिक्षक बेदनाथ आचार्यले जानकारी दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: