Worldlink Communications

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्कीको ३० औं साधारण सभा सम्पन्न 

माघ ७ , पोखरा

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्कीको ३० औं वार्षिक साधारण सभा विभिन्न प्रतिवेदन र कार्ययोजना अनुमोदन गर्दै सम्पन्न भएको छ ।

शनिबार पोखरामा आयोजना गरिएको ३० औं साधारण सभाले महासंघ कास्कीका सचिव सञ्जय आचार्यले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सूर्यमोहन आचार्यले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन र आगामी कार्ययोजना अनुमोदन गरेको थियो ।

महासंघले निर्धारण गरेका सबै कार्यक्रमहरुलाई समयमा नै सम्पन्न गर्ने, महासंघ गण्डकी प्रदेशको माघ २० गते पोखरामा हुने तेश्रो अधिवेशनको व्यवस्थापन गरिने भएको छ । महासंघ केन्द्रले जारी गरेको सर्कुलर अनुसार जिल्लाहरुले विधान बनाएर जिल्ला दर्ता गर्ने र बन्ने जिल्ला संघहरुको केन्द्रिय छाता संगठनको रुपमा नेपाल स्टेशनरी व्यवसायी महासंघ रहने भएको छ ।

विधान तयार भई सकेकोले अबछिट्टै दर्ता गरेर पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघ, कास्की नाममा परिणत हुने भएको छ ।

हरेक वर्ष झैं वर्षेनि क्यालेण्डर प्रकाशन गर्ने,सामाजिक तथा व्यावसायीक जीवनमा काम लाग्ने सकारात्मक सोच सम्बन्धी तालिमको व्यवस्था गर्ने, बस्तुगत संघहरुसंग सहकार्य गरेर पोखरा उद्योग वाणिज्य संघको अधिवेशनमा महासंघ कास्कीको प्रतिनिधित्वको लागि पहल गरिने योजना रहेको छ ।

स्टेशनरी सामग्रीको खरिदबिक्री प्रक्रियामा देखिएका समस्याहरुको समाधानका लागि प्रदेश तथा केन्द्रसंग समन्वय गरेर उत्पादक, आयातकर्ताहरुसंग बसेर समाधानको पहल गरिने भएको छ । यस्तै आन्तरिक पर्यटन प्रवर्धन तथा अवलोकन अध्ययन भ्रमणलाई निरन्तरता दिईने भएको छ ।

व्यवसायीको लागि सलिको इन्स्योरेन्सबाट रु १ लाख सम्मको दुर्घटना बीमा, यूआरएलमा रक्त परिक्षण गर्दा ३० प्रतिशत तथा प्रभु इन्स्योरेन्समा इन्स्योरेन्स गर्दा १० प्रतिशतको छुटको सुविधालाई निरन्तरता दिईने भएको छ ।

प्रतिक्रिया दिनुहोस्: