Worldlink Communications

ढुङ्गाको काप फोरेर विजय बन्नुभएकी रुक्मिणी कोइराला।

माघ ११, विराटनगर

कोशीमा सत्ता गठबन्धनको उम्मेदवार हराउँदै एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएको छ ।

माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई करिब १०० मतभारले पराजित गर्दै एमाले र राप्रपाको समर्थन पाउनु भएको कोइरालाले ५ हजार ८६ मतभार पाएर विजय बन्नुभएको हो।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाउनुभएको चम्पादेवी कार्कीले ४ हजार ९९२ मतभार पाइ उपविजेता बन्नु भएको हो। प्रदेशमा सत्ता गठबन्धन भन्दा नेकपा एमाले राप्रपा गठबन्धन ७९४ मतान्तरले पछाडि थियाे ।

 

प्रतिक्रिया दिनुहोस्: