Worldlink Communications

नेपाल रेडक्रस सोसाइटी पोखरा १७ उपशाखाको १८औं बार्षिक साधारण सभा 

माघ १३, पोखरा

नेपाल रेडक्रस सोसाइटी पोखरा सत्र उपशाखाको १८ औं बार्षिक साधारण सभा सनिवार पोखरामा सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घघाटन गर्नुभयो । पौडेलले रेडक्रसले सामाजिक क्षेत्रमा पुर्याएको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको थियो।

सामाजिक संघ संस्थाले  समाजमुखी र समाजको चाहना अनुसार आबश्यकता अनुसार आफ्ना गतिविधि संचालनमा ध्यान दिनुपर्ने बिषय भएको हुनाले रेडक्रसको बिश्वब्यापी मानबिय सेवाको बारेमा  बताउनुभएको थियो।

संस्थाका पूर्ब सभापति  तिर्थराज अधिकारी ,निबर्तमान सभापति झपिन्द्रराज रेग्मी ,रेडक्रस कास्कीका उप -सभापति उर्मिला खड्का ,रेडक्रस पोखरा १७ का समन्वयकर्ता पार्बती कार्की पोखरा महानगर पालिका वडा न १७ का  अध्यक्ष राधिका शाही जेष्ठ नागरिक मन्च पोखरा १७ का अध्यक्ष टोपराज ढुङ्गाना , समाजसेवी हरि प्रसाद बराल अआफ्नो मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा उप सचिब नारायण अधिकारीले  उप शाखाको बार्षिक प्रगति प्रतिबेदन सहित आगामी बर्ष आयोजना गरिने कार्यक्रमको  योजना प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष शिबराम भण्डारीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।

नेपाल रेडक्रस सोसाइटी पोखरा सत्र उपशाखा सभापति हरि प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, उप सभापति  रबिन्द श्रेष्ठले रेडक्रसका सात सिद्धान्त बाचन ,स्वागत उप सभापति लक्ष्मी अधिकारी राख्नुभएको थियो भने कार्यक्रम संस्थाका सचिब  चुडामणी  बरालले सन्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: