Worldlink Communications

पोखरा महानगर पालिका वडा न. १ द्वारा खेलकुद सामग्री हस्तान्तरण

माघ १७ ,पोखरा

आज पोखरा महानगरपालिका वडा न. १ द्वारा वडाभित्र रहेका विभिन्न क्लब र सामुदायिक स्कुलहरूलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ।

वडा न. १ को वडा अध्यक्ष सहारा प्रधानको अध्यक्षतामा वडा कार्यालयमा भएको खेलकुद सामग्री हस्तान्तरण कार्यक्रममा बगरभाई खलकका अध्यक्ष दिल बहादुर गुरुङलाई फुटबल दुई थान र एक थान नेट, त्यस्तैगरी इन्द्रेणी एकीकृत विकास क्लबका अध्यक्ष भानुभक्त अधिकारीलाई फुटबल एक थान बास्केटबल दुई थान,भीमकाली युवा क्लबका अध्यक्ष कृष्ण गुरुङलाई फुटबल तीन थान सहारा प्रधानले हस्तान्तरण गर्नुभएको थियो।

त्रिशक्ति समाजसेवा क्लबका अध्यक्ष शिव केसीलाई फुटबल दुइ थान , रत्ना सेवा समाज सेवा क्लबका अध्यक्ष रामविक्रम राणालाई फुटबल दुई थान , बुद्ध टोल युवा क्लबका अध्यक्ष आशिक थापालाई फुटबल दुई थान र एक जोर नेट , हरिचोक युनाइटेडका अध्यक्ष जितेन्द्र सापकोटालाई फुटबल दुई थान वडा अध्यक्ष सहारा प्रधानले हस्तान्तरण गर्नुभएको थियो।

त्यस्तैगरी वडाभित्र रहेका विद्यालयहरूलाई पनि वडा नम्बर १ ले खेलकुद सामग्री हस्तान्तरण गरिएको थियो। जसमा रत्ना आधारभूत विद्यालयका प्रधानाध्यापक सितादेवी थापालाई भलिबल दुई थान डोरी दुई थान हस्तान्तरण गरिएको थियो भने संस्कृत माध्यमिक विद्यालयका प्र कृष्ण सिग्देललाई भलिबल तीन थान नेट एक थान र डोरी तीन थान वडाध्यक्ष सहारा प्रधानले हस्तान्तरण गर्नुभएको थियो।

त्यस्तैगरी राष्ट्रिय माविका प्रधानध्यापक ईश्वरीप्रसाद सापकोटालाई भलिबल तीनथान नेट एक जोर र डोरी ३ जोर हस्तान्तरण महानगर पालिका वडा न.१ का वडाध्यक्ष सहारा प्रधानले हस्तान्तरण गर्नु भएको कार्यक्रमलाई वडा न. १ का कर्मचारी डिल बहादुर भुजेलले सञ्चालन गर्नुभएको थियो।

त्यस्तैगरी विगत केही दिन अगाडि पोखरा महानगरपालिका वडा नम्बर १ ले आइ कास पोखरा चिप्लेढुङ्गा को करिब १लाख सहयोग मा वडा न. १ भित्र रहेका २० जना युवाहरुलाई  स्वरोजगारमूलक १५ दिने वरिष्टा को तालिम उपलब्ध गराएको थियो।

वरिष्टाको तालिम लिएर स्वदेश तथा विदेशमा जहाँ गएर पनि केही गर्न सक्ने खालको यो सीप लिएर विदेशमै जान पर्यो भने पनि हातमा सिप हुने हुँदा स्वरोजगार भै हाम्रो जिबनको लागि महत्वपूर्ण सिकाइ भएको तालिममा सहभागी भएका युवाहरूले बताउनुभएको थियो।

१५ दिने तालिममा सहभागी हुने हरूमा क्रमश: प्रमिला परियार बि. पोखरेल , मुक्ति लामा, आदेश प्रधान, प्रणव श्रेष्ठ, स्मृति अधिकारी सबिना गुरुङ, पूर्णिमा गुरुङ, सुजन सुवेदी ,अन्जना देवकोटा, आयुष शाइ , स्वस्तिका शाइ, असीमा गुरुङ, रिया शार्मा, सुजल खड्गी, सौरभ सुनार, मानिस तामाङ ,प्रसिद्धि शर्मा, प्रनिषा बढगामी, रचना बुद्धाचार्य र पूर्ण तामाङ ले भाग लिनुभएको थियो।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्: