Worldlink Communications

चण्डी आधारभुत बिद्यालयको ३७ औं बार्षिकोत्सब सम्पन्न

माघ २०, पोखरा

कास्कीको रूपा गाउँपालिका वडा न. १  फल्याङ्गकोटस्थित श्री चण्डी आधारभुत बिद्यालयको ३७ औं बार्षिकोत्सब तथा अभिभावक दिवस आज सनिबार सम्पन्न भएको छ।

चण्डी आधारभूत विद्यालयको उद्घघाटन जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो। उद्घघाटन गर्दै प्रमुख पौडेलले शिक्षाले ब्यक्तित्व र संस्कार निर्माण गर्ने र  समुन्नत समाज निर्माणमा महत्वपूर्ण भुमिका खेल्ने हुँदा सोही अनुसार लागि पर्न अनुरोध गर्नुभयो ।पौडेलले बिकासमा बिना पूर्बाग्रह काम गर्नुपर्ने र त्यसबाट नै  गुणस्तरीय र सबल बिकास संभब हुने बताउनुभयो ।

जिल्ला समन्वय समिति कास्कीका सदस्य क्याप्टेन हर्क बहादुर गुरुङ , बिद्यालयका पूर्ब  प्रधानाध्यापक कृष्ण प्रसाद अधिकारी ,प्रधानाध्यापक  सन्तोष अधिकारी ,  सामुदायिक बिद्यालय ब्यबस्थापन समिति  महासंघ कास्कीका अध्यक्ष दिपक  थापा ,  महासंघकै  कोषाध्यक्ष नारायण कुमार श्रेष्ठ ,रूपा गाउँपालिकाका पूर्ब कार्यपालिका सदस्य बम बहादुर श्रेष्ठ, बिद्यालयका आजिबन सदस्य साबित्रा अधिकारी , पूर्ब ब्यबस्थापन समिति अध्यक्षद्वय एकनाथ गौतम र चन्द्रकान्त कोइराला ,जटेश्वर मा बि का प्रधानाध्यापक युबराज अधिकारी, रुपा गाउँपालिकाका वडा सदस्य शान्ता  अधिकारी  सहितले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा शैक्षिक तथा अतिरिक्त क्रीयाकलापमा बिजेता बिद्यार्थिहरूलाइ पुरस्कृत गरिएको थियो भने बिद्यार्थीहरूले गित नृत्य लगायतका विभिन्न सान्स्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

कार्यक्रम  बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष आकाश अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्: