Worldlink Communications

पोखरा म्याराथन वातावरणमैत्री बनाउन साइक्लिङ भोलिन्टिएर खटिने

माघ २६,पोखरा

फागुन ५ गते पोखरामा हुने ‘१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’लाई वातावरणमैत्री बनाउने प्रयास अनुरुप साइक्लिङ भोलिन्टिएरहरु खटिने भएका छन् ।

१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको धावक स्कर्टिङका लागि साइक्लिङ भोलिन्टिएर र आयोजक नेपाल भुतपुर्व खेलाडी मञ्चबीच छलफल सम्पन्न भएको हो ।

म्याराथनलाई सुरक्षित र धावकहरुलाई स्कर्टिङसँगै वातावरणमैत्री बनाउनका लागि साइकल स्वयम सेवकसँग छलफल भएको मञ्चले जनाएको छ । छलफलमा साइकल सिटी र पोखरा राइडर क्लबका सदस्यहरुको सहभागिता रहेको थियो ।

छलफलमा साइकल राइडरहरुले आ–आफ्नो जिज्ञासा राख्दै प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई मात्र नभई अन्तिममा आउनका लागि समेत सुरक्षा दिनुपर्ने सुझाव दिनुभएको थियो। उहाहरुले विभिन्न व्यक्तिले स्वयं–सेवक बन्नकै लागि नाम मात्र लेखाउनेलाई स्वयं–सेवक नबनाई वास्तवमै अन्तिम सम्म काम गर्नेहरुलाई मात्र राख्न अनुरोध गर्नुभयो ।

धावकका लागि साइकलबाट स्कर्टीङ गर्ने रुटको बारेमा शनिबार अध्ययन गर्ने भएका छन् । उनीहरुले अघिल्लो संस्करणमा भन्दा यस पटक रुट अलि सहज भएको कारण काम गर्न केहि सहज हुने बताउनुभयो । साइकल स्वयं–सेवकका लागि संयोजन गरेका शंकर भण्डारीले शनिबार रंगशालाबाट रुटको अवलोकनमा जाने बताउनुभएको छ । उहसले रुटको अवलोकन पश्चात के कसरी साइकल स्कर्टिङ गर्ने भन्ने बारेमा पुनः छलफल गर्ने सुनाउनुभएको थियो।

म्याराथन अन्तर्गत भोलि शनिबार ह्विलचियर र दृष्टिविहिन दौड प्रतियोगिता आयोजना हुँदैछ । उक्त प्रतियोगिता पोखरा रंगशालामा हुनेछ । उक्त दौडको सम्पूर्ण तयारी पुरा भएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: