Worldlink Communications

नेपाल रेडक्रस सोसाइटी पोखरा-१९ द्वारा २० औँ साधारणसभा,स्मारिका लोकार्पण तथा सम्मान कार्यक्रम सम्पन्न

माघ २७ , पोखरा

नेपाल रेडक्रस सोसाइटी लामाचौर १९ उपशाखाले २० औँ साधारणसभा, स्मारिका लोकार्पण तथा सम्मान समारोह २०८० आज आफ्नै भवनको प्राङ्गणमा कार्यक्रम सम्पन्न गरेको छ।

पोखरा महानगरपालिका वडा न.- १९ नेपाल रेडकस सोसाइटीका अध्यक्ष नवराज पौडेलको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका उपकुलपति प्राज्ञ नवराज देवकोटा हुनुहुन्थ्यो भने विशिष्ट अतिथिहरूमा पोखरा महानगरपालिका वडा न. १९ का अध्यक्ष पुष्पेन्द्र पाण्डे र नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उपसभापति उर्मिला खड्का, अतिथि कृष्ण प्रसाद गौतम ,सविन जि सी ,शंकरजी ढुंगाना बलबहादुर श्रेष्ठ, गोविन्द प्रसाद काफ्ले भरतराज आचार्य ,वडाका जनप्रतिनिधि,विभिन्न पार्टीका अध्यक्ष/ प्रतिनिधि,आमासमूह ,विभिन्न सङ्घ संस्थाहरूको प्रतिनिधि को आतिथ्यतामा भएको कार्यक्रमलाइ भव्य र सभ्य रूपले संस्थाका कार्यसमितिका सदस्य रमेश बि क ले सञ्चालन गर्नुभएको थियो।

कार्यक्रमको उद्घघाटन ब्यानरमा हस्ताक्षर ,स्मारिका विमोचन गर्दै पानसमा बत्ती बालेर समुद्घघाटन गर्नुभएको प्रमुख अतिथि नवराज देवकोटाले ससारमा रेडक्रस जस्ता संस्थाहरुले जहिले पनि राम्रो काम गरिरहेको बताउनुभयो। आज मानिसहरुले आफूले चाहेको कुराहरु भन्ने ठाउँ , दुःख पोख्ने ठाउँ र भारी बिसाउने ठाउँ रेडक्रस बनेको छ भन्नुभयो। अहिले मानिसहरू को पीडामा मलम लगाउने मानिसको भावनालाई जस्ताको तस्तै सम्बोधन गर्ने एउटा माध्यम बनेको छ रेडक्रस भन्नुभयो आफ्नो उपस्थिति देखाउने माध्यम बनेको छ रेडक्रस सोसाइटी भन्नुभयो।

विभिन्न पार्टीका विभिन्न संघसंस्थाका प्रतिनिधिमूलक किसिमले कार्यक्रमको भव्य र सभ्यताका साथ सम्पन्न सम्पन्न गर्नको लागि संस्थाका उपाध्यक्ष उपसभापति पवित्रा पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। उमराज बास्तोलाले रेडक्रसका सातवटा सिद्धान्त वाचन गरेर सुनाउनुभएको थियो। अध्यक्ष नवराज पौडेलले कार्यक्रमको औचित्यतामाथि प्रकाश पार्नुभएको थियो। त्यस्तैगरी संस्थाका संस्थापक सभापति तेजबहादुर अधिकारी अर्थ समितिका संयोजक सविन जि सी ले आआफ्नो जिम्मेवारीको बहन गर्दाखेरि पाउनुभएको सुख दुःखका विषयहरूको उठान गर्नुभएको थियो भने युवा रेड क्रस सर्कल समितिका संयोजक तथा प्रचारप्रसार समिति का संयोजक श्रीराम प्रदीप गौतमले प्रचारप्रसार का क्रममा आइपरेका चुनौती नजिकै बाट नियालेर अगाडि बढेको महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो। स्मारिकाको सुष्म अध्ययन गर्नुभएका पत्रकार असफल गौतमले सुष्म तरिकालेनै विश्लेषणात्मक रुपमा चिरफार गर्नुभएको थियो।

आजको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीको नयाँ बन्नु भएका  ४० जना विशिष्ट सदस्य तथा आजीवन सदस्य बन्नुभएका सबैलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो। प्रमुख अतिथि विशेष अतिथि तथा सबै अतिथिहरुलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको सो कार्यक्रमको समापन स्मारिका प्रकाशन समितिका संयोजक गोविन्द काफ्लेले समापन समापन गर्नुभएको थियो।

 

 

 

प्रतिक्रिया दिनुहोस्: