Worldlink Communications

अन्नपूर्ण माध्यमिक विद्यालय अर्मलाले दुई दिने चित्रकला कार्यसाला गर्दै

माघ २७, पोखरा

पोखरा महानगर पालिका वडा नं १६अर्मलामा रहेको श्री अन्नपूर्ण माध्यमिक विद्यालयले बिधालय मा अध्ययनरत इच्छुक विद्यार्थी हरुलाइ दई दिने चित्रकला कार्यशाला गोष्ठी सुरु गरेको छ।

बिधालय व्यवस्थापन समितिका अध्यक्ष एमन काजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि ओलम्पिक कमिटीको एसियाको उपाध्यक्ष ,भूतपूर्व खेलाडी मञ्चको भू पु अध्यक्ष , गण्डकी प्रदेश खेलकुद परिषद्को निवर्तमान सदस्य सचिव तथा विभिन्न संघसंस्था मा रहेर काम गर्ने काम गरिरहनुभएका सामाजिक व्यक्तित्व तेजबहादुर गुरुङ हुनुहुन्थ्यो भने विशिष्ट अतिथिमा ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व केन्द्रीय सदस्य बुद्धिमान गुरुङले र हरूमा अतिथिहरूमा पोखरा १६ का जनप्रतिनिधि विद्यालय व्यवस्थापन समितिका सदस्यहरू अभिभावकहरू विद्यार्थीहरू लगायत आयोजक संस्थाका सदस्यहरूको उपस्थितिमा भएको कार्यक्रम विद्यालयका शिक्षक ले सञ्चालन गर्नुभएको थियो।

अन्नपूर्ण माध्यमिक विद्यालय अर्मला र बुद्धिज एटलियर पोखरा ११ रानीपौवा रानीपौवाको संयुक्त आयोजनामा सञ्चालन हुने चित्रकला कार्यशालाको समुद्घघाटन कार्यक्रमका प्रमुख अतिथि तेजबहादुर गुरुङले पानसमा बत्ती बालेर क्यान्भास मा चित्र कोरेर उद्घघाटन गर्नुभएको थियो भने चित्रकला का प्रशिक्षक बुद्धिबहादुर गुरुङले सो क्यान्भासमा कोरिएको चित्रलाई पूर्णता दिनुभएको थियो। उक्त समयमा क्यान्भासमा बनाइएको चित्रलाई विद्यालयले फ्रेममा राख्ने बताएको छ।

कार्यक्रमका प्रमुख अतिथि तेजबहादुर गुरुङले विद्यार्थीहरूलाई कोरा किताबी ज्ञानभन्दा बाहिरका ज्ञानहरू पनि ज्ञानहरूको पनि उत्तिकै महत्त्व हुने भएको हुनाले विद्यार्थीहरुलाई ज्ञानसिपका बिषय हरुमा नाच्ने, गाउने, चित्र कोर्न लगाउने जस्ता फरक शिक्षा दिनु आजको आवश्यक भएको बताउनुभयो। शिक्षालाई जीवनसँग जोड्नुपर्ने शिक्षालाई उत्पादनसँग जोड्नुपर्ने भएको आजको यो समयमा जुनसुकै विषयमा पनि पारङ्गत भई अगाडि बढेमा जीवन सुखमय हुने बताउनुभयो।

विशिष्ट अतिथि बुद्धिबहादुर गुरुङले आफू जन्मेर हुर्केर बढेको यो ठाउँलाई आफू कलाको क्षेत्रमा भएको हुनाले जीवनको उत्तरार्धमा भएपनि आफ्नो गाउँका नातिनातिना उमेरका बाबुनानीहरुलाई चित्रकलाद्वारा पनि आफ्नो जीवनलाई फरक किसिमले चलाउन सकिन्छ भन्ने विषयमा जानकारी दिँदै चित्र कोर्न जान्नुपर्ने चित्र कोरेर देश विदेश मा देखाउँदा देशलाई पनि चिनाउन सकिने बताउनु  भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्: