Worldlink Communications

‘अध्यक्ष कप भलिबल’ र झाँकी प्रदर्शन गर्दै रुपा गाउँ पालिका

फागुन २, पोखरा

रुपा गाउँपालिकाले आफ्नो स्थापना दिवसका अवसरमा ‘अध्यक्ष कप खुला वडास्तरीय भलिबल प्रतियोगिता’ सञ्चालन गर्ने भएको छ ।

खेलकुदमा युवाहरु आकर्षित गरी स्वस्थ्य र समुन्नत समाजको निर्माण गर्ने लक्ष्य सहित गाउँपालिका स्थापना दिवसका अवसरमा यही फागुन २४ देखी २७ गतेसम्म भलिबल प्रतियोगिता गर्ने भएको हो । लोपहुन लागेको झाकि संस्कृति संरक्षणको लागि गाउँपालिका स्तरीय झाँकी प्रदर्शन प्रतियोगिता लगायतका बिबिध कार्यक्रम आयोजना गरिएको आज पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

यस अघि वि सं २०७५ मा पहिलोपटक अध्यक्ष कप स्थानीय तह भलिबल प्रतियोगिता सञ्चालन गरिएको थियो ।यस पटकको प्रतियोगिताम प्रदेशका ८५ वटा स्थानीय तहका वडाबाट सहभागिता जनाउने गाउँपालिका अध्यक्ष नवराज ओझाले दिनुभयो ।

फागुन २४ देखी २७ गतेसम्म हुने भलिबल प्रतियोगितामा विजेता टिमले रु एक लाख ५० हजार, उपविजेतालाई रु ८० हजार, तृतीय टोलीलाई रु ४० हजार र सान्त्वना टोलीले रु २० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने गाउँपालिकाले जनाएको छ ।भलिबल प्रतियोगितामा उत्कृष्ट स्पाइकर, सर्भर, ब्लकर, सेटर, लिब्रो र सर्वोत्कृष्ट खेलाडीलाई जनही रु पाँच हजारका दरले पुरस्कार प्रदान जानकारी गराइएको थियो ।

गाउँपालिकाको सात वटै वडाहरुमा लोप हुन लागेका जातजाति हरुको संस्कृति, परम्परालाई जगेर्ना र संरक्षण गर्ने उद्धेश्यले गाउँपालिकास्तरीय झाँकी प्रदर्शन प्रतियोगिता गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी बरालले जानकारी दिनुभयो । अनुसार झाँकी प्रतियोगिताको प्रथम,द्धितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्नेहरुले क्रमश: रु ३० हजार, २० हजार रु १० र रु पाँच हजार पुुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी गाउँपालिकाले स्थानीयस्तरमा उत्पादन हुने विभिन्न प्रजातिका फूल तथा दुबोको प्रवद्र्धनका लागि प्रतियोगिता गर्ने भएको छ । माला प्रतियोगितामा विजेताले रु छ हजार, द्धितीयले रु चार हजार र तृतीय हुनेले रु दुई हजार पुरस्कार पाउनेछन् । माला प्रतियोगितामा समावेश हुनका लागि मालामा बाह्य बस्तुहरु जरी, फूल लगायतका बस्तहरु प्रयोग गर्न नपाइने र झाँकी प्रतियोगितामा सहभागी हुने समूहबाट एउटा समूहले बढीमा १०वटा माला समावेश गर्नुपर्ने नियम बनाइएको छ ।

संवैधानिक व्यवस्था अनुसार घर गाउँको सरकारको रुपमा स्थापित गाउँपालिकाले स्थानीय विकास र नागरिकका सरोकारका विषयलाई उठाउँदै समाधान गर्न पाउँदा आफूहरु खुःशी भएको अध्यक्ष ओझाले बताउनुभयो

प्रतिक्रिया दिनुहोस्: