Worldlink Communications

सूर्योदय माध्यमिक विद्यालय दीपको ३९औँ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न

फागुन १२ , पोखरा

पोखरा महानगरपालिका वडा न. १६ दिपमा रहेको सूर्योदय माध्यमिक विद्यालय २०३८ सालमा स्थापना भएको हो  । यस बिधालयले आज ३९ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य र सभ्य रूपले सम्पन्न गरेको छ।

विद्यालय व्यवस्थापन समितिका सदस्य डा. अविनाश गुरुङको अध्यक्षतामा भएको कार्यक्रम का प्रमुख अतिथि पोखरा महानगर पालिका वडा न. १६ का अमृत तिमल्सिनाले गर्नुभएको थियो भने विशिष्ट अतिथिमा पोखरा महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रकाशमान उदास हुनुहुन्थ्यो।

पानसमा बत्ती बालेर प्रमुख अतिथि अमृत तिमिल्सिनाले ३९औ वार्षिक उत्सव कार्यक्रमको उद्घघाटन गर्नुभएको थियो। राष्ट्रिय गान बाट सुरु गरिएको कार्यक्रममा विद्यार्थी भाइबहिनीहरूले पिटी प्रदर्शन गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि अमृत तिमल्सिना ले पोखरा १६ शिक्षाको हब भएको बताउनुभयो।१४ वटा सार्वजनिक स्कुल र १२ वटा प्राइभेट स्कुल भएको पोखरा महानगरपालिका वार्ड न.१६ ले राष्ट्रिय स्तरमा नै आफ्नो नाम राख्न सफल बिन्ध्यवासिनी माध्यमिक विद्यालय र इन्द्रराज्य लक्ष्मी माध्यमिक विद्यालय भएको बताउनु भयो।जसको प्रभावले वरपर भएका सबै स्कुलहरूलाई शैक्षिक उन्नयनको लागि उत्तिकै र उस्तै प्रभाब अनि दबाब परेको बताउनुभयो ।

अबको शिक्षा भनेको व्यवहारिक शिक्षा हुनुपर्ने कक्षा कोठामा थुनेर मात्र शिक्षण गर्नुभन्दा अब व्यवहारिक शिक्षा फरक किसिमले दिनुपर्ने पाठ्यक्रम भन्दा बाहिर अतिरिक्त क्रियाकलाप रुपि शिक्षा दिनुपर्ने जसले गर्दा विद्यार्थीको चौतर्फी विकासमा महत्वपूर्ण भूमिका खेल्ने र अन्तर्राष्ट्रिय स्तरमा पनि विद्यार्थीहरु प्रतिस्पर्धा गर्न सक्ने जन शक्ति उत्पादन गर्नको लागि त्यस किसिमको शिक्षा दिनु अत्यन्त आवश्यक भएको बताउनुभयो ।

विशिष्ट अतिथि प्रकाशमान उदासले जागिरको लागि पढ्ने भन्दा जीवनको लागि पढ्ने हरुले नै केही गर्न सक्ने हुनाले जागिर खानको लागि पढ्नेहरुले केही पनि गर्न नसक्ने बताउनुभयो। आफूले आफ्ना छोराहरू पनि यही विद्यालयमा पढाइरहेको हुनाले स्कुलको धेरै माया लाग्नुमा यस विद्यालयका संस्थापक रूप गुरुङको मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो।

विद्यालयका व्यवस्थापक राजेश गुरुङले आगन्तुक अतिथि लगायत उपस्थित अभिभावक र सम्पूर्ण आगन्तुकहरुलाई विद्यालय को बारेमा जानकारी गराउँदै विद्यालय र अभिभावक एउटा परिवार भएको हुनाले दुइ बिचको सम्बन्ध प्रगाड बनाउने कार्यक्रमको रुपमा आफुले लिएको हुनाले उहाँहरु लाइ नै समर्पण गरेको भन्दै स्वागत मन्तव्य राख्नुभएको थियो। त्यस्तैगरी विद्यार्थीहरूको तर्फबाट भूतपूर्व विद्यार्थी सृष्टि छन्त्यालले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै आगामी दिनमा बिधालय ले अझै राम्रो गर्दै जाने विश्वास गर्दै उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो।

कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूबाट राष्ट्रिय भावनाले ओतप्रोत भएका गीतहरु व्यङ्गात्मक गीतहरु र लोक गीतहरुमा आफ्नो नृत्य प्रदर्शन गरेका थिए। सूर्योदय अग्रेजी स्कूलको ३९औ वार्षिक उत्सव तथा अभिभावक दिवस समारोहमा एकजना कर्मचारीलाई पुरस्कृत गरिएको थियो भने विद्यार्थीहरुलाई विभिन्न विधामा कक्षागत पुरस्कार वितरण गरिएको थियो।

कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक तीर्थराज सुवेदीले गर्नुभएको थियो भने विद्यार्थी भाइबहिनीहरूले सञ्चालनमा सहयोग गरेको थिए कार्यक्रमका अध्यक्ष डा.अविनाश गुरुङले धन्यवाद ज्ञापन सहित आगामी दिनमा विद्यालयलाई बाल शिक्षा मैत्री बनाई शैक्षिक प्रगति गर्नको लागि थप कार्यक्रमहरू ल्याई विद्यालयको स्तर बढाउँदै लगिने बताउदै कार्यक्रम सम्पन्न गर्नु भएको थियो।

 

 

 

प्रतिक्रिया दिनुहोस्: