Worldlink Communications

भावना सामुदायिक कृषि सहकारी द्वारा १ दिने कफि खेति तालिम सम्पन्न

फागुन १४, पोखरा

पोखरा महानगरपालिका वडा नं. १८ मा भावना सामुदायिक कृषि सहकारी संस्थाले शेयर सदस्यहरुका लागी  १ दिने कफि खेति तालिम सम्पन्न भएको हो ।

वडा नं. १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले तालिमबाट कृषक दाजुभाइ दिदिबहिनीहरुले कफि बनाउन सक्षम भएको हुनुपर्छ भन्नुभयो।  कृषिबाट आर्थिक रुपान्तरणका लागी वडा लागीपरेको बताउँदै अन्य आर्यआर्जनसँग सम्बन्धीत तालिमहरू पनि सञ्चालन गर्ने बताउनु भएको थियो। सराङकोट आफैपनि पर्यटकिय वडा भएकाले थोरै लगानिमा धेरै उत्पादन लिन सकिनेे भएकोले कफि खेतीलाइ सराङकोटको ब्राण्ड बनाउन पर्ने बताउनुभयो ।

सहकारीका अध्यक्ष बलराम कोइरालाले तालिममा सिकेको सिपलाई निरन्तरता दिन आग्रह गर्दै अरुलाई पनि सिकाउन आग्रह गर्नुभएको थियो । उहाँ ले सबैभन्दा धेरै कृषि कार्यका लागि  लागि पर्ने भावना सहकारी भएको बताउनुभयो ।सराङकोटमा बाँदर लाग्ने हुदा कफि खेतिलाई बाँदरले नखाने हुदा यो खेति लागाउने उपर्यक्त हुने बताउनुभयो।

कफी तालिमका संयोजक तथा सहकारीका कृषि उपसमिति संयोजक तिलक खडकाले तालिमबाट किसान स्वयम सक्षम हुनुका साथै किसान आर्थिक उपार्जनमा पनि महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरें ।तालिम लिनु भएका अर्जुन थापालेे यो तालिम जिबनोपयोगी भएको बताउँदै सिकेको सिपलाई व्यवहारमा लागु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो।

सहकारीका सचिव मिनबहादुर थापाले सन्चालन गर्नु भएको कार्यक्रम मा वडा सदस्य कल्पना कार्की ढकाल, राष्ट्रिय चिया तथा कफि विकास बोर्ड क्षेत्रीय कार्यलय कास्कीका निर्देशक प्रवित्रा अधिकारी, दिपक थापा लगायतले मन्तव्य राख्नुभएको थियो।

करिब ४० जना सेयर सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो भने राष्ट्रिय चिया तथा कफि विकास बोर्ड कास्कीका प्राविधिक नगेन्द्र सुबेदीले प्रशिक्षण दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: