Worldlink Communications

प्रधानमन्त्री रोजगार कार्यक्रम नितान्त अशिक्षित, बेरोजगार, गरिब र विपन्न व्यक्ति लक्षित कार्यक्रम ‌‌हो : विष्णुप्रसाद दाहाल

फागुन १६ , पोखरा

प्रधानमन्त्री रोजगार कार्यक्रममा को उद्देश्य अनुसार पोखरा महानगर पालिका वडा न. २४ भित्र बसोबास गर्ने १८ वर्ष पुगी ५९ वर्ष नकाटेका  नितान्त गरिब,अशिक्षित,दुःखी बिपन्न र बेरोजगार व्यक्तिहरुलाई लक्षित गरेर बनाइएको कार्यक्रममा २०१ जनाको आबेदन परेको भएपनि १४ जनालाइ आजैबाट काममा लगाएर उद्घाटन गरेको छ।

उद्घघाटन कार्यक्रमको अध्यक्षता पोखरा महानगरपालिका २४ को वडाध्यक्ष भरत बहादुर अधिकारीले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका प्रधानमन्त्री रोजगार कार्यक्रमका प्रमुख विष्णु प्रसाद दाहालले गर्नुभएको थियो।अतिथिहरुमा जनप्रतिनिधिहरु र छनौट हुनुभएका १४ जना कामदारहरूको उपस्थितिमा उद्घघाटन गरिएको कार्यक्रम पोखरा महानगर पालिका २४ का सचिव इन्द्र जि सी ले संचालन गर्नुभएको थियो।

प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि पोखरा महानगरपालिका वडा नम्बर २४ ले आह्वान गरेको सुचना अनुसार २०१ जनाको फर्म परेको जसमा १४ जनाको नाम सिफारिस भएको थियो। यसरी छानिएका व्यक्तिहरू विशेषगरी नपढेका अशिक्षित घरमा एकजना पनि रोजगार नभएको र दैनिक जीवनयापन गर्न साह्रै कठिन भएका व्यक्तिहरू छानिएको हुनाले १४ जनाले मात्रै यस वर्षको रोजगार कार्यक्रममा सहभागी हुन पाएको कार्यक्रमका प्रमुख अतिथि विष्णुप्रसाद दाहालले बताउनुभयो।

यो कार्यक्रम नितान्त गरिब दुःखी हरू नपढेका अशिक्षित बेरोजगार हरूलाई दिइने कार्यक्रम भएको हो भन्नुभयो। कामदारहरुको दैनिक ‌ज्याला ८५२ रुपैयाँ भएपनि महानगरले आफ्नो दैनिक ज्याला  ६८१ रुपैयाँ दिने बताउनुभएको थियो। १०० दिन काम लगाउने भनिए पनि ९२ दिनको पारिश्रमिक उपलब्ध गराउने  जानकारी गराउनुभएको थियो।

१८ वर्षदेखि ५९ वर्षभित्रको व्यक्तिलेरोजगार कार्यक्रम बाट पाउनुभएका कामदारहरुले काम देखिनेगरी गर्नु पर्छ। भबिस्यमा हामीले गरेको काम यो हो भनेर भन्न सक्ने गरी काम गर्नुपर्छ भन्नुभयो। सबैले इमान्दार भएर काम गरियो भने काम भएको देखाउन सकिने प्रमुख अतिथि विष्णु प्रसाद दाहालले बताउनुभयो।

अघिल्लो वर्ष महानगरपालिका भरिबाट प्रधानमन्त्री रोजगार कार्यक्रममा १४० जनाले काम गरेको तर यस वर्ष घटेर ८० जनाले मात्रै काम गर्ने बताउनु भयो ।जसमा पोखरा महानगर पालिका वार्ड न. २४ बाट सबै भन्दा धेरै  १४ जना कामदारहरूले  काम गर्नुहुने बताउनुभयो विशेषगरी उहाँहरुले काम गर्ने क्रममा इमान्दार भइ काम गर्नुपर्ने काम देखाउनु पर्ने जस्ता बिषय उठान गर्नु भएको थियो।

कार्यक्रमको अन्तमा सभाध्यक्ष एबम वडाध्यक्ष भरत बहादुर अधिकारीले आजैदेखि काम सुरु गरेर असार १७ गते सम्म निरन्तर काम हुने बताउनुभयो।।काम गर्ने दौडानमा हुनसक्ने दुर्घटनालाई ख्याल गर्दै पोखरा महानगरपालिकाले बिमाको व्यवस्था गरेको पनि बताउनुभयो।

वडा कार्यालयबाट विच विचमा काम के कस्तो भइरहेको छ कहाँ कसरी कामगर्ने भन्ने सम्बन्धमा वडाका कर्मचारीहरू र  जनप्रतिनिधि हरूको उपस्थितिमा अनुगमन गर्ने, १४ जना कामदारलाई २ टिम बनाई  फरकफरक स्थानमा काम विभाजन गरिने छ भन्नुभयो। कामदारहरु बीचबाटै एकजनालाई हाजिरी गर्ने जिम्मा दिइने बताउनुभयो र आवश्यकता अनुसार काम गर्ने श्रमिक हरूलाई सरसफाई गर्दा आबस्यक पर्ने ज्यावल हरु सकेसम्म बजेट मिलाएरै भएपनि उपलब्ध गराउने बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्: