Worldlink Communications

लागुऔषध नियन्त्रण तथा समाज सुधार आमा नेपाल द्वारा पोखरा १६ मा सचेतना तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

फागुन २२,पोखरा

पोखरा महानगर पालिका वडा नं. १६ मा लागु औषध रोकथाम तथा सचेतना समुहले लागू औषध ले समाजमा पार्ने असर र त्यसबाट कसरी बच्ने भन्ने बिषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

लागु औषध रोकथाम सचेतना प्रशिक्षण कार्यक्रम समुहका अध्यक्ष कल्पना आचार्य बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १६ का वडा सदस्य रामचन्द्र आचार्य हुनुहुन्थ्यो भने कार्यक्रम लाइ भब्य र सभ्य रुपले सन्चालन सस्थाका सचिव विद्या पौडेल अधिकारीले गर्नुभएको थियो ।

लागु पदार्थ नियन्त्रण तथा समाज सुधार आमा समुह नेपाल कास्कीको आयोजनामा भएको कार्यक्रममा लागु औषधको सेवनले समाजमा पारेको असर, प्रभाव, समाजमा वढ्दो विकृति र युवा युवतीमा देखिएको लागु औषध प्रयोग र त्यसको प्रभावका विषयमा सूक्ष्म रूपमा अध्ययन गर्दै आउनुभएका विभिन्न आमा समुहका प्रतिनिधीहरुलाई प्रशिक्षण दिइएको थियो।

पोखरा महानगरपालिका वडा नं. १६ का वडा सदस्य रामचन्द्र आचार्यले  उद्घघाटन गर्नुभएको कार्यक्रममा लागु औषधवाट बढ्दो विकृति र विसङ्गतिको अन्त्य गर्न सवै पक्ष जागरुक हुनुपर्नेमा विशेष गरी घरपरिवार समाज अझै सम्वेदनशील हुनुपर्ने बताउनुभएको थियो। वडा कार्यालय पोखरा १६ को सहयोगमा भएको कार्यक्रममा सहभागीहरुलाई प्रहरी सहायक निरिक्षक सौगात कुँवर, प्रहरी हवल्दार गौतम कुमार हायु र रामजी लम्सालले सहजीकरण गर्नुभएको थियो ।

लागु पदार्थ नियन्त्रण तथा समाज सुधार आमा समुह नेपालका विष्णु गुरुङको संयोजकत्वमा भएको कार्यक्रममा वडा सदस्य मञ्जु नेपाली, रामप्रसाद अधिकारी, सल्लाहकार तारानाथ शर्मा,नन्दा गुरुङ, कृष्ण कुमारी वि.क,चन्द्रा जि.सि,आमा समुहका प्रतिनिधी तारा भट्टराई, गोमा आचार्य, लगायतले लागु औषधको प्रयोग तथा दुर्ब्यसनि रोक्न परिवारको महत्त्वपूर्ण भुमिका भएको वताउनु भएको थियो।

कार्यक्रममा उपस्थित भेलाले तारा भट्टराइको संयोजकत्वमा १५ सदस्यीय लागु पदार्थ नियन्त्रण तथा समाज सुधार वडा स्तरिय आमा समुह गठन गरेको छ ।कार्यक्रममा लागु औषध नियन्त्रण पोखरा, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा बगरले सहकार्य गरेका थियो ।

प्रतिक्रिया दिनुहोस्: