Worldlink Communications

सुरज पौडेलद्वारा लिखित “प्रिया” मुक्तक सङग्रहको आज लोकार्पण

चैत १०, पोखरा

सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको आयोजनामा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक सुरज पौडेलद्वारा लिखित “प्रिया” मुक्तक सङग्रहको आज शनिवार एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ ।

प्रमुख अतिथि शिक्षाविद् विष्णुप्रसाद अधिकारीले उक्त कृर्ति लोकार्पण गर्दै प्राध्यापक,शिक्षकहरु निष्कलङ्क हुनुपर्नेमा जोड दिनुभएको थियो। बिधार्थीको जिबन, शक्ति र पावरलाइ जीवन्त राख्नका लागि विद्यार्थीहरुमा नैतिक आचारण सिकाउन सुझाव दिर्दै सबै कुरालाई आर्थिकको नजरले मात्रै हेर्ने पारीपाटीको अन्त्य गर्नुको लागि  परि परिवर्तित पाठ्यक्रम निर्माण गर्नुपर्ने बताउनुभएको थियो भने पछिल्लो समय प्राध्यापकहरु राजनीतिक रुपमा प्रतिबद्ध रहदाँ प्राज्ञिक मूल्यमान्यता हराउँदै गएको बताउनुभएको थियो।

सृजनशील लोकतान्त्रिक प्रतिष्ठानका पूर्व अध्यक्ष दीपेन्द्र पराजुलीले “प्रिया” मुक्तकसङग्रह लाई हरेक कोणबाट नियाल्न सकिने स्पष्ट पार्दै सष्ट्रालाई व्यक्तिबाट माथि उठी व्यक्तित्वका रुपमा चिन्नुपर्ने बताउनुभएको थियो।

प्रिया” मुक्तकसङग्रह का परिचर्चाकार डा. श्रीधर न्यौपानेले कविता को लधुत्तम एकाइका रुपमा मुक्तकलाई चिनाउँदै समग्रमा प्रणाय मूलक विषयवस्तु समेटी सङग्रह प्रकाशन गरिएको स्पष्ट पारे । उनले विषय संयोजनका दृष्टिले सङग्रह सवल कृर्ति रहेको भन्दै त्यसमा गहन विम्व प्रतिकको संयोजन भएको बताउनुभएको थियो।

प्रिया” मुक्तकसङग्रह  कृर्तिमा अनुभुतिलाई हतारो गर्दा कतिपय शब्दसंयोजन तथा वर्णविन्यासगत त्रुटि फेलापरेको भन्दै परिचर्चाकािर डा. न्यौपानेले कतिपय मुक्तकहरु विषयान्तर भएको बताउनुभएको थियो भने सर्जक पौडेलले प्रिया जन्मनुमा सहकर्मीहरुको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै अध्ययन गरी सुझाव दिन आम पाठकहरुमा आग्रह गर्नुभएको थियो।

प्रतिष्ठानका पूर्व अध्यक्ष डा.भूमिराज बस्ताकोटीले स्रष्टा परिचय राख्दै सरल, मिलनसार, वचनबद्ध व्यक्तित्वका रुपमा कृर्तिका लेखक पौडेललाई चिनाउनु भएको थियो भने कार्यक्रममा धुब्रराज पौडेल, जय चापागाई लगायतको समूहले साङगीतिक प्रस्तुति राख्नुभएको थियो।त्यस्तै रीता अधिकारी, श्रीराम अधिकारी, प्रतिष्ठानका कोषाध्यक्ष हरिश्चन्द्र भण्डारी लगायतले रचना वाचन गर्नुभएको थियो।

प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष हिममाया पौडेलले स्वागत तथा सचिव डा. भानुभक्त आचार्यले कार्यक्रम संचालन गर्नुभएको  “प्रिया” नामक मुक्तकसङग्रहको कृर्तिमा ९६ पृष्ठ र कुल एक सय ५५ मुक्तक समाबेश गरिएको छ।

प्रतिक्रिया दिनुहोस्: