Top Header Ad 1
Top Header Ad 2

बाग्लुङ्ग समाज पोखराको २३ औं बार्षिक साधारण सभा तथा १२ औं अधिवेशन सम्पन्न

बाग्लुङ्ग समाज पोखराको २३ औं बार्षिक साधारण सभा तथा १२ औं अधिवेशन सम्पन्न

परिबर्तन न्युज
१० चैत्र २०८० बजे
परिबर्तन न्युज
१० चैत्र २०८०

चैत्र १० , पोखरा

बाग्लुङ्ग समाज पोखराको २३ औं बार्षिक साधारण सभा तथा १२ औं अधिवेशन शनिवार ‘रोयल महल व्याङक्वेट’ ड्यामसाइड पोखरामा सम्पन्न भएको अधिवेशन बाट अध्यक्षमा ठाकुर प्रसाद सापकोटा सहित सबै समिति सर्बसम्मत निर्वाचित हुनुभएको छ।

उपाध्यक्षमा नरेश सुवेदी, सचिवमा गंगा पुन ,कोषाध्यक्षमा बालकृष्ण सापकोटा ,सह-सचिवमा कोपिला श्रीस , सदस्य हरु क्रमस: प्रकाश मल्ल,दुर्गा बहादुर खत्री,सुशील थापा ,गोमा कार्की वास्कोटा, अनिल श्रेष्ठ र रमेश बि क निर्वाचित हुनुभएको छ।

कार्यक्रमको प्रमुख अतिथि पुर्व मन्त्री देवेन्द्र पौडेलले उद्दघाटन समारोहमा संवोधन गर्दै सामाजिक एकता र सहकार्यबाट नै समाजको विकास हुँदै आएको बताउनुभएको थियो। देशको समृद्धि, विकास र युगको अपेक्षा पूरा गर्ने दायित्व नागरिकदेखि सरकारसम्म सबैको भएको बताउनु भएको थियो।

समाजका अध्यक्ष डिल्लीराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा संसदहरु लीला थापा, डिल्लीराम सुवेदी र दीपेन्द्र थापा, पूर्वअध्यक्ष कुलचन्द्र शर्मा, निवर्तमान अध्यक्ष सुनिल पाण्डे लगायतले बोल्नु भएको थियो।

प्रदेश र प्रतिनिधिसभामा बागलुङ बाट विजयी सांसदहरु लाई सम्मान गरिएको थियो भने कार्यक्रममा बागलुङका केहि कलाकारले प्रस्तुति राख्नु भएको थियो। समारोहमा स्वर्गीय प्रेमप्रसाद सापकोटा स्मृति पुरस्कार बाट तुमिन थापा, कामना पौडेल र करुणा सुनुवार सम्मानित हुनु भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज