Worldlink Communications

एमाले कास्कीको अधिवेशनमा विवेक त्रिपाठीले राखे सामाजिक सरोकारको प्रस्ताव 

पोखरा १२ चैत्र

नेकपा एमाले जिल्ला कमिटी कास्कीको ११ औ अधिवेशनको वन्द सत्रमा जिल्ला सदस्य विबेक त्रिपाठीले सामाजिक सरोकारको रुपमा कार्यकर्ता संरक्षणको लागि नेकपा एमालेले कोष निर्माण  गर्नुपर्ने  प्रस्ताव पेस गर्नुभएको छ।

त्रिपाठीले उक्त प्रस्ताव पार्टी जिल्ला इन्चार्ज थममाया थापालाई बुझाउनु भएको छ। सो प्रस्तावले पार्टीका कार्यकर्ताको संरक्षण गर्नको लागि इमान्दार र लगनशील व्यक्तिहरूको योग्दानको कदर गर्न को लागि यो कोष महत्त्वपूर्ण कोशेढुङ्गा सावित हुने बताउनुभएको थियो जस्ले नयाँ पार्टी कार्यकर्ताहरुको विश्वास र भरोसाको पार्टी नेकपा एमाले नै हो भन्ने आधार सिर्जना हुने भएको हुनाले पार्टी प्रति आकर्षण बढने बताउनुभयो ।

कार्यकर्ताको क्षमता वृद्धि गर्ने समस्यामा परेका कार्यकर्तालाई संरक्षण गर्ने कोषमा उल्लेख गर्नुभएको छ । विभिन्न तह र तप्कामा काम गर्दै आउनुभएका पुराना पार्टी कार्यकर्ताहरु लाइ कही कतै समस्यामा परेको भए यस कोषबाट काम गर्ने सकिने समेत त्रिपाठीले बताउनुभएको थियो।

नेकपा एमालेकोआधार स्तम्भनै कार्यकर्ता भएको भन्दै संगठनले संरक्षण गर्नु दायित्व रहेको उहाको भनाइ छ । सामाजिक सरोकारको प्रस्ताबमा कासिराम भट्टराई र बोधराज गिरीको समर्थन रहेको उक्त प्रस्तावमा अव आउने एमाले कास्कीको संगठन निर्माणमा एक नया आयाम बन्ने त्रिपाठीले विश्वास व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्: