Worldlink Communications

एमाले कास्कीको अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

चैत्र १३, पोखरा

नेकपा एमाले कास्की जिल्लाको अध्यक्षपदका लागि तीन जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार माधब बास्तोला ,बैनबहादुर अधिकारी क्षेत्री र विवेक त्रिपाठी अध्यक्ष पदका उम्मेदवार भएको जानकारी दिनुभएको थियो।

सोमबार राति अबेर सम्म पनि सहमति नजुटेपछि  एमाले कास्की प्रष्ट दुई समूहबीच प्रतिस्पर्धा हुनेभएको हो । जस अनुसार माधव वास्तोला समूह तर्फबाट उपाध्यक्ष पदमा शिव आचार्य, सचिवमा सुरेन्द्र गुरुङ, उपसिचिवमा राधिका शाही योगी र सिता परियारले उम्मेदवारी दिनुभएको छ।

त्यसैगरी अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री को समूह तर्फबाट उपाध्यक्षमा भेषराज बराल, सचिवमा दर्शन लामा, उपसविचमा लालबहादुर परियार र सन्तु सुवेदीले उम्मेद्वारी दिनुभएको छ।

सोमबार रातिसम्म सहमति नजुटेपछि पार्टीका उपमहासचिव पृथ्वी सुब्बा निकटका माधव बास्तोला र स्थायी समिति सदस्य खगराज अधिकारी निकट बैनबहादुर क्षेत्रीले समूह नै बनाएर प्रतिस्पर्धामा उत्रिनु भएको छ।

त्यसोत अर्को अध्यक्ष पदका उम्मेदवार विबेक त्रिपाठी बिना समूहका सबैको साझा उम्मेदवार भनिए पनि पार्टीका जानकार हरुका अनुसार उहाँ  स्थायी कमिटी सदस्य अधिकारी निकट मानिनुहुन्छ भनिएको छ ।

अहिले पोखरा सभागृहमा जारी अधिवेशनमा ९ सय ३५ प्रतिनिधि हरुले अआफ्नो प्यानललाई भोट खसाउनको लागि सबै प्रतिनिधि हरूले भाग लिइ राख्नुभएको नेकपा एमाले प्रचार बिभागका एकराज गिरिले हामिलाइ जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्: