Worldlink Communications

खगराज अधिकारीलाई विश्वासको मत दिन एमाले ,माओवादी माओवादीद्वारा हुइप

वैशाख २२, पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत दिन नेकपा एमाले र माओवादीले हुइप जारी गरेका छन् ।

विश्वासको मत लिनुभन्दा अघिल्लो दिन शनिबार बसेको ती पार्टीहरुको संसदीय दलको बैठकले हुइप जारी गर्ने निर्णय गरेका हुन् ।

माओवादीको चुनाव चिह्नबाट चुनाव जितेका नेपाल समाजवादीका नेता तथा गण्डकी प्रदेशसभा सदस्य देवकोटाले आफू अलग्गै पार्टीको भएको बताउँदै आएका छन् । उनले पछिल्लो समय माओवादी संसदीय दलको बैठकमा सहभागितासमेत जनाएका छैनन् ।

नेपाली कांग्रेसले आइतबार बिहानमात्र संसदीय दलको बैठक बोलाएको छ  भने राप्रपाले गठबन्धनलाई साथ दिएर सत्तामा  जानेकि   विपक्षमा बस्ने बस्ने भन्नेबिषयमा आइतबार बिहान केन्द्रबाट जानकारी आएपछि  मात्र बताउने जानकारी दिए को छ ।

प्रतिक्रिया दिनुहोस्: