Worldlink Communications

कुमुदिनी होम्सद्वारा ८३ जना विद्यार्थीलाई पोशाक हस्तान्तरण

बैशाख २५, पोखरा

पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटनको कुमुदिनी होम्सद्वारा दुई विद्यालयका ८३ जना विद्यार्थीका लागि विद्यालय पोशाक हस्तान्तरण गरेको छ ।

कुमुदिनी होम्सका संस्थापक अध्यक्ष अशोक पालिखेले आज विद्यालयमा आयोजना गरिएको कार्यक्रममा वर्षभरि पुग्नेगरी ति विद्यार्थीका लागि करिब ५० हजार बराबरको विद्यालय पोशाक हस्तान्तरण गरेको छ।

माछापुच्छ्रे गाउँपालिकाको खादरजुङमा रहेको वाराही प्राविका प्रधानाध्यापक रामप्रसाद आचार्य र पोखरा महानगरपालिका वडा नं १९ पुरन्चौरमा लप्सिटाकुरामा रहेको हिमालयल प्राविका प्रधानाध्यापक प्रेम कुमारी तिमिल्सिना “कमला” लाई विद्यालय पोशाक हस्तान्तरण गरेका थियो।

बाराही आधारभूत विद्यालयमा नर्सरीदेखि कक्षा ५ सम्म ४८ जना विद्यार्थी रहेको र उनीहरुमा छात्रा २८ र छात्र २० जना सबैलाइ कुमुदिनी होम्सका सञ्चालक अशोक पालिखेले बितेका ८/१० वर्ष अगाडिदेखि नै यसैगरी सहयोग गर्दै आउनुभएको जानकारी दिनुभयो। विद्यालयलाई यहाँसम्म ल्याउन उहाँले ठूलो भूमिका निर्वाह ठू्लो योगदान रहेको बताउनुभयो।

हिमालय प्रा.बिका  प्रधानअध्यापक प्रेम कुमारी तिमिल्सिना कमलाले विद्यालयमा आफु नयाँ प्रअ भएर आएको तर कुमुदिनी होम्सको योगदानको बारेमा जानकार रहेको बताउनुभयो । विद्यालयमा १६ छात्र र १९ छात्राले अध्ययन गरिरहेको र कुमुदिनी होम्सले गरेको सहयोगले विद्यालयको पठनपाठन, शैक्षिक वातावरण फेरिएको बताउनुभयो ।

कुमुदिनी होम्सका सस्थापक अध्यक्ष अशोक पालिखेले समाजमा आफु मात्रै राम्रो भएर हुँदैन अरु पनि राम्रो बनाउनु पर्छ भन्दै बिगत ८, १० वर्षदेखि दुई विद्यालयका विद्यार्थीका लागि हामीले विद्यालय पोशाक, शैक्षिक सामाग्री सहयोग गर्दै आएको र दिवा खाजाको व्यवस्था पनि गर्दै आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्: