Worldlink Communications

महेन्द्र माध्यमिक विद्यालयको ३४ औँ वार्षिक उत्सव कार्यक्रम सम्पन्न

वैशाख २६ , पोखरा

पोखरा महानगरपालिका वडा न. १९ को घार्मिमा रहेको शैक्षिक संस्था महेन्द्र माध्यमिक विद्यालयले आज आफ्नो ३४ औँ वार्षिक उत्सव एवं पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम गरेर सम्पन्न गरेको छ।

पोखरा महानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष प्रमुख अतिथि रहनुभएको कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेलले गर्नुभएको थियो छिटो सञ्चालन गर्ने भनिए पनि विविध कारणले ढिलो गरी सञ्चालन गरिएको कार्यक्रमलाइ भव्य र सभ्य रूपले विद्यालयका सहायक प्रधानाध्यापक नन्दराज दाहालले सञ्चालन गर्नुभएको थियो।

पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएका प्रमुख अतिथि पुष्पेन्द्र पाण्डेले विद्यालयको प्रगति उन्नति का लागि वडाले सहयोग गर्दै आएको र विद्यालयले पनि विगतमा भन्दा अहिले अझ राम्रो शैक्षिक वातावरण बनाउँदै लगेको हुनाले सबैको प्रशंसा गर्नुभएको थियो । अझै पनि यस बेल्टका अभिभावकहरुले आफ्नो अगाडिको विद्यालय लाई छाडी अन्य विद्यालयमा आफ्ना बाबु नानीहरू लैजानु पर्ने बाध्यता किनपर्यो भनेर प्रतिप्रश्न गर्नुभएको थियो । स्थानीय बासीहरू मिलेर  विद्यालयलाई अझै राम्रो थप राम्रो बनाउन के गर्नु पर्ने हो एकै ठाँउमा बसेर सरसल्लाह गरौँ तर आफ्ना बालबालिका अनत्र लैजाने काम बन्द गर्नुपर्छ भन्नुभयो।

त्यस्तैगरी पूर्व वडाध्यक्ष शोभा मोहन पौडेलले आफ्नो मन्तव्य राख्दै विद्यालयको हकहितको निम्ति व्यक्तिगत होस् वा संस्थागत होस्  आफूले सधैँ राम्रो काम गर्दै  आइरहेको आफू वडाध्यक्ष हुँदा पनि यस विद्यालयको निम्ति धेरै राम्रो काम गरेको हुनाले आज विद्यालय यहाँसम्म आइपुगेको बताउनुभयो।

महेन्द्र माध्यमिक विद्यालयका शिक्षिका रत्नकुमारी बिस्वकर्माले कार्यक्रममस उपस्थित सम्पूर्ण अभिभावक, अतिथि र व्यक्तित्वहरू सबैलाई आफ्ना भनाइ सहित कविताको माध्यमबाट स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

विद्यालयको गतवर्षमा भएगरेका प्रगति उन्नतिहरू भावी कार्यक्रम हरूलाई व्यवस्थित रूपमा व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेलले प्रस्तुत गर्नुभएको थियो भने विद्यालयको शैक्षिक गतिविधि आगामी कार्यनीतिको बारेमा विद्यालयका प्रधानाध्यापक वासुदेव पौडेलले मार्ग प्रशस्त सहितको प्रतिवेदन पेश गर्नुभएको थियो।

विद्यालयले वर्षभरिमा गरेका अतिरिक्त क्रियाकलाप जसबाट प्रथम द्वितीय तृतीय भएका भाइबहिनीहरूलाई पुरस्कार तथा मेडल प्रदान गरिको र वार्षिक परीक्षाको नतिजा प्रकाशन बाट प्रथम द्वितीय तृतीय हुने विद्यार्थीहरु लाई पुरस्कार वितरण गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्: