Worldlink Communications

वडा न. २८ कालिकाले गतवर्षको समीक्षा गर्दै नया कार्य योजना तर्जुमा गर्दै

जेठ  १२, पोखरा

पोखरा महानगर पालिका वडा नं. २८ कालिकाले आज आफ्नै सभा हलमा गत आर्थिक वर्ष ०८०/८१ को समीक्षा र  ०८१/८२ को योजना तर्जुमा कार्यक्रम सम्पन्न गरेको छ।

वडाध्यक्ष श्रीकृष्ण लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा -२८ का जनप्रतिनिधि, बिभिन्न पार्टीका प्रतिनिधिहरू , विभिन्न संघ संस्थाका अध्यक्ष एवम प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक ,व्यवस्थापन समितिका अध्यक्ष, बिभिन्न आमा समूहको अध्यक्ष , स्वास्थ्य विभागका प्रमुख , स्वास्थ्य स्वयंसेवी, टोल बिकास समितिका अध्यक्षहरू लगायत विभिन्न सामाजिक व्यक्तित्वहरूको उपस्थितिमा भएको कार्यक्रम पोखरा २८ का जनप्रतिनिधि बिरेन्द्र भण्डारीले भव्य र सभ्य रूपले सन्चालन गर्नुभएको थियो।

कार्यक्रमको ब्यानरमा हस्ताक्षर गर्दै अध्यक्षता ग्रहण गरिरहनुभएका वडाध्यक्ष श्रीकृष्ण लामिछानेले वडाको विकासमा महत्वपूर्ण भूमिका खेल्नुभएका पोखरा २८ मा बस्नुहुने सबै बुवाआमा दाजुभाईहरूको महत्त्वपूर्ण भूमिकाले नै महत्वपूर्ण विकास हुँदै आएको बताउनु भयो।

विशेषगरी पोखरा २८ कालिकामा खानेपानीको ठूलो समस्या भएको हुनाले यसलाई सम्बोधन गर्नको लागि वडा कार्यालय दत्तचित्त भएर लागिरहेको र केही समयपछि त्यो समस्या पनि समाधान हुने बताउनु भयो।

पोखरा २८ का अध्यक्षका अनुसार विकास भनेको बाटोघाटो भवन मात्र नभई व्यक्तिको जीवनमा प्रत्यक्ष रुपमा कति उत्पादन भयो र ब्यक्ति को जिबनमा त्यसले कति प्रभावित  बनायो भन्ने विषयमा महत्वपूर्ण ध्यान दिएर मुखले मात्र कुरा गर्ने होइन व्यवहारमै गरेर देखाउन सक्छ भन्ने केही प्रमाणहरु हामीसँग छन् भन्दै शिक्षामा प्रबिधि मैत्री बनाउन को लागि रत्न शाेभा मा बि मा प्रोजेक्टर बितरण गरिएको, कृषिमा पनि आधुनिकरणसँगै प्राबिधि मैत्रि हुनुपर्छ भन्दै  यसै बर्ष २० वटा हाते ट्याक्टर बितरण गरिएको, किसानले उत्पादन गरेको दूध बजारीकरण गर्नको लागि सजिलो होस भनेर दैनिक ५०० लि दुध सक्लन गर्ने वातावरण बनाएको ,कृषि एमबुलेन्स संचालित मैरी घार बितरण मासुजन्य उत्पादनको पाकेट क्षेत्र बनाई खसी बोकाको प्रदर्शनी गरिएको ,पुरै-२८ लाइ पुग्ने गरि बृहत श्याङखुदि खानेपानी याेजनकाे करिब ३४ कराेडकाे DPR निर्माण गरिएको,धर्मिक आस्थाको दृष्टिकोणले पनि पर्यटनमा टेवा पुग्नुपर्छ भन्ने हेतुले  अर्बधनारेश्वर माहादेबकाे १०८ फिटको मुर्ति बनाउने DPR बनाउने काम सम्पन्न गरि  वडा २८ भित्र रहेका हरेक परिवारहरु लाइ कृषिबाटै न्युनतम आत्मनिर्भर बनाउने ठोस काम गरिएको बताउनुभयो।

 

हामी आइसकेपछि विकास गर्नुपर्छ भन्ने कुरा मात्रै अर्जुन दृष्टिमा राखेर अगाडि बढेका छौं त्यसैले त हामी जनप्रतिनिधिहरु तपाईंहरूको सेवकको रुपमा रहेर एक्कासी ८२ मा गर्नैपर्ने विकासका योजनाहरु के के हुन् सबै टिपाउन हुन अनुरोध गर्नुभएको थियो। पटकपटक बोलिरहँदा सम्पूर्ण उपस्थित जनताहरूलाई आफूलाई रचनात्मक आलोचना सहित विकासको मोडल प्रस्तुत गर्नुहुन सबैलाई अनुरोध गर्नुभएको थियो।

कहिलेकाहीँ समग्र पोखराको हकमा भन्न मनलाग्छ दूरदराजमा रहेर पनि विकासको मोडल हेर्नको लागि पोखरा २८ लाई हेर्नुहोस् भन्नु मनलाग्छ भन्दै चारैतिर डाँडाकाँडाहरू भएको कारणले नै विकास हुन केही समय लागेको मात्रै हो हामी तपाईहरुले भनेजस्तै विकास गर्न खोजेका छौं भन्नुभयो।

गुणस्तरीय शिक्षाकोको लागि हरेक विद्यालयहरूमा के गर्दा शैक्षिक गुणस्तर बढाउन सकिन्छ वडाले सकेको सहयोग विद्यालयहरूलाई गर्दै आएको , मानवीय क्षेत्रमा स्वास्थ्यको महत्वपूर्ण भूमिका खेलेको विषय भएको हुनाले पनि स्वास्थ्यमा पनि वडा कार्यालयले दिन सक्ने क्षमता को अभिवृद्धि गर्नको लागि सम्बोधन सहयोग गरिरहेको बताउनुभयो।

विकासका योजनाहरुमा खानेपानीको कुरा गरौं चाहे बाटोका कुरा गरौं चाहे जुनसुकै कुराको पनि कुरा गरौं ती सबै विषयहरू पोखरा २८ का जनप्रतिनिधिहरू धेरै गम्भीर हुँदै त्यो विषयलाई कसरी सम्बोधन गर्ने होला भन्ने सोचबुझका साथ अध्ययनका साथ राम्रोसँग बुझेर विकास को मोडल रूपमा तपाईँहरूको माझमा बसेर काम गरिरहेको र आगामी दिनमा पनि यिनै सरसल्लाह सुझावहरू लिएर अगाडि बढिनेछ भन्नुभयो।

विभिन्न पार्टीहरूको तर्फबाट पोखरा २८ को विकासको लागि नेपाली कांग्रेसका विश्वराज अधिकारी, नेकपा एमालेका रामकृष्ण तिवारी, नेकपा माओवादीका यज्ञप्रसाद तिवारी ,समाजवादीका केशव दास त्रिपाठी लगायत सबैले पोखरा २८ को विकासको लागि राजनीतिक आग्रह पूर्वाग्रह नराखि जो जसले जहाँ जसरी विकास ल्याउन सकिन्छ त्यो गर्नुपर्छ गर्ने हो भन्नुभएको थियो।

विभिन्न संघसंस्थाहरूको प्रतिनिधिहरुको तर्फबाट, शैक्षिक प्रागिक व्यक्तिहरूको तर्फबाट, स्वास्थ्य संस्थाको तर्फबाट, टोल विकास संस्थाहरूको तर्फबाट र विभिन्न राजनीतिक दलका अध्यक्षहरूको तर्फबाट वडा नम्बर २८ मा गत वर्ष भएका कार्यहरू को  समीक्षागर्दैआगामी बर्ष २०८१/८२ मा गरिने विकासको बारेमा सबैलेआआफ्नोविषयगत समस्या राख्र्नु भएको थियो।

करिब ४०० भन्दा बढी जनताहरूको उपस्थितिमा भएको कार्यक्रम मा सर्वसाधारण जनताले गर्नुपर्ने विकासको बारेमा धेरै कार्यक्रमहरू पस्कनुभएको थियो। जसमा प्रतिनिधिमूलक रूपमा आरुपाटा टोल विकास संस्थाका अध्यक्ष वेदनाथ अधिकारीले वडाभित्र रहेका नाङ्गो बिजुलीका तारलाई विस्थापित गरी कालो तार प्रतिस्थापन गर्ने माग गर्नुभएको थियो भने  वडाध्यक्षले जवाफ दिनुभएको थियो ।

जनप्रतिनिधि डाल्डा देवी भुजेलले स्वागत मन्तव्य राख्दै वडा २८ मा बस्नुहुने सम्पूर्ण जनताहरूले रचनात्मक आलोचना सहित ०८१/ ०८२ सालमा आफ्नो स्थानबाट यो यो विकास गर्नुपर्छ भन्ने बारेमा आफै उपस्थितिभइ  गरिएको व्यापक छलफल बाट आएको निष्कर्षलाई अपन्नत्व सहित गरिने हरेक कामहरू सबैको लागि अर्थपूर्ण राख्ने भएको हुनाले  सबै ठाउँबाट विकास का मोडेलहरू प्रस्तुत गर्न अनुरोध गर्नुभएको थियो भने सम्पूर्ण कार्यक्रमको संयोजन वडा सचिव विष्णु प्रसाद लामिछाने ,सबिन भुजेल लगायतको व्यवस्थापन कार्यक्रम समापन भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्: