Worldlink Communications

अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने तिन वटा टिप्पर नियन्त्रणमा

जेठ १४ , पोखरा

अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने तिन वटा टिप्पर नियन्त्रणमा लिइएको छ।

जिल्ला कास्की माछापुच्छ्रे गाँउपालिका अन्तर्गत पर्ने अन्नपूर्ण संरक्षण क्षेत्र भित्रबाट नदिजन्य पदार्थहरु अवैध रुपमा चोरी निकासी गरेको भन्ने ससूचनाको आधारमा मिति २०८१।०२।१४ गते तिन वटा  टिप्पर नियन्त्रणमा लिइएको हो।

बिहान ८:३० बजेको समयमा प्रहरी चौकी सार्दिखोला कास्कीबाट खटिएको प्रहरी टोलिले जिल्ला कास्की पोखरा महानगपालिका वडा नं.१९ तितेपानी स्थितमा भुर्जुङखोलातर्फबाट पोखरातर्फ आउदै गरेको ग १ क ५०४०, ग १ क ५५१२ र ग १ क ५५९८ नम्बरका ३ वटा टिप्परलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त टिप्परमा नदिजन्य पदार्थ ढुङगा, गिट्टी, बालुवा लोड गरी ल्याईएको अबस्थामा नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका ती  टिप्परहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि अन्नपुर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय हरियोखर्क पोखरामा पठाईएको छ।

प्रतिक्रिया दिनुहोस्: