Worldlink Communications

पाेखरा महानगरपालिका वडा २४ द्वारा पाँच दिने अचार बनाउने तालिम सम्पन्न

जेठ १८ , पोखरा

पाेखरा महानगरपालिका वडा २४ कार्यलाय द्वारा पाँच दिने अचार तालिम सम्पन्न गरेको छ।

क्षमता अभिवृद्धि तथा सिपमुलक कार्यक्रम अन्तर्गत महिला दिदिबहिनिहरुका लागि विभिन्न किसिमका अचार बनाउने ५ दिने तालीम सम्पन्न भएकाे हो ।

५ दिनसम्म करिब २८ प्रकारको अचार बनाउन सकिने जानकारी भएता पनि समय अभावको कारण १९ परिकारको मात्रै बनाउन सफल भएको प्रशिक्षक गायत्री नेपालिले दिनुभएको छ।

पोखरा २४ का जनप्रतिनिधि सरस्वती गौतमले ५ दिनसम्म आफ्नो महत्वपूर्ण समय दिएर कार्यक्रम भब्य रुपमा सम्पन्न गर्नुहुने सम्पुर्ण सहभागी महिला दिदिबहिनी हरुलाइ धन्यवाद व्यक्तत गर्नुभएको थियो । पाँच दिन सम्म  सिकेका कुराहरुलाई व्यबहारमा उतारी व्यावसायिक बन्ने वातावरण बनाउनुपर्छ भन्नु भयो ।

 

प्रतिक्रिया दिनुहोस्: