Worldlink Communications

पोखरा १३ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ

जेठ २६ , पोखरा

पोखरा महानगरपालिका वडा नम्बर १३ ले पहिलो पटक सार्वजनिक सुनुवाई गरेको छ । वडा कार्यालयले प्रदान गरेको सेवा प्रवाह र विकास निर्माणका विषयमा नागरिकलाई जानकारी गराउने र नागरिकबाट सुझाव लिने गरी सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।

केही सुझावहरु सहित अधिकांश सहभागीहरुले वडाले प्रभावकारी काम गरेकोमा प्रशंसा गरेक थिए विशेषगरी ग्रामिण क्षेत्रहरुमा सडक सञ्जाल प्रभावकारी नभएको, यातायातको सुविधा राम्रोसँग नपुगेको, सिंचाई कुलोको मर्मत र रेखदेख नगरिएको, लागू पदार्थ दुव्र्यसनी बढी भएको लगायत गुनासो गरेका  थिए ।

वडा र टोलहरुमा सामुदायिक कुकुरहरुको विगविगी बढेको, छाडा चौपायाका कारण खेतीमा असर पुगेको, ग्रामिण क्षेत्रमा फोहोर लिन गाडी नगएको जस्ता गुनासा पनि सहभागीहरुले गरेका थिए । जवाफमा वडाध्यक्ष किरण बरालले सुरुमा राजमार्गको स्तरोन्नतीमा ध्यान दिइएको र विस्तारै ग्रामिण क्षेत्रसम्म काम हुने बताउनु भएको थियो ।

हाम्रै वडामा सिचाई कार्यालय भएपनि सिंचाई कार्यालयसँग छलफल भएको तर कुनै सम्वोधन नगरेको ले  हामीले पटक पटक ध्यानाकर्षण सहित गरायौ  अब फेरि डेलिगेसन जान्छौं  मन्त्रालय पुग्छौं कार्यालय लाइ राम्रो थाह छ  १३ नम्बरमा धेरै सिंचाई कुलोहरु छन् । धेरै कुलोमा गेग्रानका कारण पानि थुनिएर खेतसम्म जान नसकेको समस्या लाइ पनि नजिकबाट हेरेको बताउनु भएको थियो ।

लागू पदार्थ दुव्र्यसनी पहिले भन्दा कम भएपनि नियन्त्रणमा आइनसकेको ‘पोखराका धेरै ठाउँमा लागू औषध दुव्र्यसनी र कारोबार समेत भैरहेका छन् । हाम्रोमा पनि त्यो अवस्था छ ‘प्रहरीसँग मिलेर सचेतनाका कार्यक्रम चलाउछौं । ठाउँठाउँमा सिसि क्यामेरा राखेर नियन्त्रण गर्छौं । कुकुर र छाडा चौपाया नियन्त्रणका लागि टोल विकास संस्थासँग मिलेर विशेष अभियान चलाउने ग्रामिण ठाउँहरुमा महिनाको कम्तिमा १ पटक गाडी पठाएर फोहोर संकलन गरिने बताउनु भएको थियो ।

वडा सदस्य सरिफ अलि मियाँले स्वागत गरेको कार्यक्रममा वडा सचिव अन्जु गुरुङले सेवा प्रवाह र विकास निर्माणका विषयमा प्रश्तुतीकरण राख्नु भएको थियो ।वडाले यो वर्षको हालसम्म २ करोड २४ लाख ४५ हजार राजश्व आम्दानी गरिसकेको छ । गत वर्ष १ करोड ८१ लाख ३८ हजार आम्दानी गरेकोमा यो वर्ष बढेको हो । चालू वर्षमा ८ सय ३२ जनाको जन्मदर्ता, ५८ मृत्युदर्ता, ७७ विवाह दर्ता र ३१ जोडीको सम्वन्ध विच्छेद दर्ता गरिएको छ । बसाईं सराईं आउने ५१ परिवार छन् भने जाने १० परिवार छन् ।

वडाले हालसम्म ८८ प्रतिशत पुँजीगत बजेट खर्च गरिसकेको तर सम्पन्न भएका योजनाको बजेट नै रोकिएको  बताउनु भएको थियो सबै काम सकिएको भएपनि  बजेट नआउँदा भुक्तानी दिन नसकिएको गुनासो राख्नु भएको थियो । पोखरा १३ नम्बर वडाले पूँजीगत तर्फ ४ करोड १७ लाखको काम गरिसकेको र चालू तर्फ ६६ लाख ९६ हजार मध्ये ४३ लाख ९० हजार खर्च गरेको बताउनु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्: