Worldlink Communications

एस इ इ परीक्षामा उत्कृष्ट जि.पि.ए सहित १००% सफल नतिजा दिने विन्ध्येश्वरी माध्यमिक विद्यालयमा सरकारको आखाँ परेन

असार २१, पोखरा

पोखरा महानगरपालिका वडा नं. १९ पुरुन्चौर तल्लाकोट मा रहेको विन्ध्येश्वरी माध्यमिक विद्यालयले २०८० को एस इ इ परीक्षामा उत्कृष्ट जि.पि.ए सहित सत प्रतिशत नतिजा ल्याउन सफल भएको छ।

कास्कीका सामुदायीक विद्यालयहरु को भिडमा विन्ध्येश्वरी माध्यमिक विद्यालयले २०८० सालको एस इ इ परीक्षामा उत्कृष्ट जि.पि.ए सहित १०० प्रतिशत नतिजा ल्याउन सफल भएको प्रधानाध्यापक श्रीराम आचार्य ले बताउनुभयो।

शिक्षाको उर्बर भुमि पोखरा १९ तल्लाकोटमा रहेको विन्ध्येश्वरी माध्यमिक विद्यालय वि.स. २०१७ सालमा स्थापना भएको हो। यस विद्यालयले वि.स. २०७१ साल देखि माध्यमिक शिक्षा सञ्चालन गर्दै आइरहेको छ  ।

यस वर्ष १६ जना विद्यार्थी एसइइ को परीक्षामा समावेश भएका थिए । जसमा ६ जना छात्र र १० जना छात्रा रहेका थिए सबै बिधार्थीले उत्कृष्ट जि पि ए सहित एसइइ को परीक्षामा पास भएका छन।

पास हुने विद्यार्थीहरू र प्राप्त GPA आकृति नेपाली-२.८०, आयुष्मा आचार्य -३.६४, अनिस नेपाली -३.२७, किरण बास्तोला- ३.०६, लक्ष्मी विक -३.५१, नम्रता विक -३.४७, रजनी तमाड- ३.६०, रन्जु बास्तोला -३.१४, रितेश भुजेल -३.४१, रोजि तमाड.-३.३७, सफुल परियार- ३.२१,  सलिना तमाड- ३.२५, समिक्षा वि. क. -२.६९, समिर के.सी- २.६१, सौगात बास्तोला- २.६१ र सुस्मिता वि क ले -३.०१ GPA ल्याएर एस इ इ पास भएका छन ।

पोखरा महानगर को ग्रामिण भेगमा अवस्थित यस विद्यालयमा कार्यरत शिक्षक कर्मचारी विद्यार्थी, अभिभावक, वि.व्य.स, शि.अ.संघ, सल्लाहकार को सक्रियतामा विद्यालयले शैक्षिक गुणस्तरमा विकास गर्दै आइरहेको छ । पोखरा १९ मा ३ वटा सामुदायिक विद्यालय १ वटा गुठी र २ वटा संस्थागत माध्यमिक विद्यालयहरु सञ्चालनमा रहेका छन्।

विद्यालयले सम्पूर्ण कक्षामा सि.सि टि.भि जडान गरि प्रोजेक्टरको माध्यमवाट पठन पाठन सञ्चालन हुदै आइरहेको छ ।यो बिधालय का विधार्थीहरु जिल्लामा विभिन्न  कार्यक्रममा सक्रिय सहभागिता जनाउदै अब्बल सावित हुदै आएको भएपनि हाल सम्म नि.मा.वि, मा.वि तहको स्विकृत भएपनि कुनैपनि तहको  दरबन्दि  प्राप्त नभएको  गुनासो बिधालयका प्रधानाध्यापक श्रीराम आचार्यले दुखेसो गर्नुभएको थियो।

यस विद्यालयमा विपन्न दलित समुदायका २२५ जना विद्यार्थीहरु अध्ययनरत छन्।२३ जना शिक्षक कर्मचारी भएको विद्यालयमा प्रि. नर्सरी नर्सरी एल.के.जी यु.के.जी हुदै कक्षा १ देखि १० सम्म अंग्रेजी माध्यमवाट पठनपाठन सञ्चालन हुदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्: